हरेक नेपाली चेलीको कथामा जोडिएको तीज गीत लिएर आए बेग राना र मन्जु लोवती(भिडियो)

प्रकाशित मिति : ३० असार २०७७, मंगलवार २२:३८


नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै प्रबासमा बस्दै नेपाली लोकदोहोरीलाई उचाइमा पुर्याउन लाग्दै गरेका चर्चित गायक बेग रानाको मौलिक तीज गीत ‘बरिलै’बजारमा आएको छ।दिदि बहिनीले भोग्नु परेको पिडा र तीजको समयमा पनि चेली बिदेशमा रहनु पर्दाको घटनालाइ जोडेर उक्त गीत निर्माण गरिएको छ।

बेग रानाले पहिलोपटक आफ्नै च्यानलमा गीत राखेका छन।बेग राना अफिसियल नाम रहेको युटुब च्यानलमा उक्त गीत सार्बजनिक गरेका हुन्।रानाकै शब्द तथा लय रहेको गीतमा स्वर भने बेग राना र मन्जु लोवतीको रहेको छ।निसान एस के ले निर्देशन गरेको भिडियोको सम्पादन भने दिपक गिरीले गरेका हुन। भिडियोमा दिनेश काजिसाप,पुजन घिमिरे,प्रशंसा लगाएतका कलाकार रहेका छन।भिडियो निकै मार्मिक र मौलिक बनेको छ।भिडियो हेर्नुहोस् :

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्