‘सन्तोष पन्त पनि मान्दैनन् राजेश हमाललाई महानायक, भन्छन्, ‘मेरालागि दीपकराज महानायक’ (भिडियोमा हेर्नुस्)

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार १२:४४


काठमाडौं । अभिनेता राजेश हमाललाई महानायक भन्ने कि नभन्ने विषयमा अहिले नेपाली कलाक्षेत्रकै कलाकारहरुका फरक फरक धारणा आइरहेका छन । अभिनेत्री दिपाश्री निरौलाले एक अन्तरवार्ताका क्रममा राजेश हमालको महानायकी पदमा प्रश्न उठाएपछि यो वहसको रुप लिएको छ । उनले राजेश हमाल महानायक हो र रु भन्दै प्रतिप्रश्न गरेकी थिइन् । उनको यो अभिब्यक्ति पछि सामाजिक सञ्जालमा दिपाको चर्को आलोचना भएको छ ।

नेपाली फिल्म क्षेत्रमा एक छत्र राज गरेका राजेश हमाललाई दर्शकले महानायकका रुपमा सम्मान गर्ने गर्छन । उनलाई सम्बोधन गर्दा पनि महानायक नै भनिन्छ । तर दिपाश्रीले उनको त्यो पदवी माथि प्रश्न उठाएपछि फिल्मका दर्शकहरु रुष्ट भएका हुन् । राजेशका फ्यानले दिपाको घमण्ड बोलेको भन्दै टिप्प्णी गरेका छन् ।

सामाजिक सञ्जालमा निकै गा ली आएपछि महानायक राजेशले पनि सामाजिक सञ्जाल फेसवुक मार्फत दिपालाई गा ली नगर्न आग्रह गरेका छन् । उनले मंगलवार मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै दिपालाई गा ली नगर्न र माफी दिन आग्रह गरेका छन् । तर उनले दिपाको नाम भने लिएका छैनन् ।

आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा वहस सुरु भएको भन्दै उनले दुख ब्यक्त गरेका छन् । यता फिल्म क्षेत्रकै ब्यक्तिहरुले भने यो वहसलाई तन्काउदै लगेका छन् । अर्का हाँस्य कलाकार सन्तोष पन्तले पनि महानायक पद माथि प्रश्न उठाएका छन् । उनले महानाकय पद सरकारले पनि नदिएको र यो औषचारीक पद नभएका कारण कसैले दावी गर्दैमा नहुने बताएका छन् । यो दर्शकले मायाले दिएको उपमा भएका कारण राजेश हमाल मात्र सबैका महानायक हुन

नसक्ने बताएका छन् । उनले राजेशलाई माया गर्नेले उनलाई महानायक माने पनि हाँस्य कलाकारीतालाई माया गर्नेले दिपकराज गिरीलाई पनि महानायक मान्न सक्ने बताएका छन् । कुनै पनि पदका लागि आफैले दावी गर्न नहुने र त्यो दर्शकले मायाले जे सम्बोधन पनि गर्न सक्ने बताएका छन् । उनले यस विषयमा कुनै आधिकारीक निर्णय नभएका कारण विवाद गरिरहनु नपर्ने बताएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्