‘पठाओ’का सहसंस्थापक मृत फेला

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार १०:५०


एजेन्सी – राइड सेयरिङ कम्पनी ‘पठाओ’का सहसंस्थापक मृत फेला परेका छन् । ‘पठाओ’का सहसंस्थापक फहिम सलेह मंगलबार न्यू योर्कको आफ्नै अपार्टमेन्टमा शरीरका अंगहरु काटेर अलग अलग पारिएको अवस्थामा भेटिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

शरीर अलग पारिएको नजिक उनका हात, खुट्टा, टाउ नजिकै एउटा विद्युतिय का ट्ने औजार समेत भेटिएको छ । ३३ वर्षीय सलेहले २०१५ मा दुई जना साथीसँग मिलेर बंगलादेशमा राइड सेयरिङ कम्पनी पठाओ खोलेका थिए । सोही नाममा नेपालमा पनि राइड सेयरिङ कम्पनी दर्ता भएको छ ।

३३ वर्षीय सलेह बंगलादेशी आप्रवासी हुन्। हाई स्कुलमा हुँदा नै उनले आफ्नो पहिलो कम्पनी स्थापना गरेको थिए। उनी बंगलादेश, नेपाललगायत विभिन्न देशमा प्रख्यात रहेको ‘पठाओ’ कम्पनीको पनि सह-संस्थापक हुन्।उनले केही समयअघि मात्रै नाइजेरियाको मोटरबाइक ट्याक्सी एप ‘गोकाडा’ संस्थापना गर्न समेत मद्यत गरेका थिए। लागोसमा यो एपमा प्रतिबन्ध लगाइएपछि कम्पनीलाई ठूलो धक्का पुगेको थियो।

उनको मृत्यु कसरी भयो भन्नेबारेमा प्रहरीले आधिकारीक धारणा सार्वजनिक गरेको छैन । तर युवा उद्यमी सलेहले स्थापना गरेको कम्पनी गोकाडाले उनको मृत्युको पुष्टि गर्दै ट्विट गरेको छ । ‘हाम्रा संस्थापक तथा सीईओ फहिम सलेहको असामयिक मृत्युले हामी मर्माहित भएका छौँ,’ कम्पनीले बुधवार ट्विट गरेको छ । ३३ वर्षीय सलेह सन् १९८६मा साउदी अरबमा जन्मेका थिए । उनको परिवार पछि अमेरिका सरेको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्