वायुसेवा निगमले एकैपटक १४५ जना कर्मचारी यसकारण निकाल्यो

प्रकाशित मिति : ४ श्रावण २०७७, आईतवार १४:०६


काठमाडौं । नेपाल वायुसेवा निगमले १४५ जना कर्मचारीलाई एकैपटक जागिरबाट निकालेको छ। लामो समय देखिको लकडाउनका कारण ब्यवसाय चौपपपट भएपछि पाल्न नसक्ने भन्दै निगमले एकैपटक १४५ कर्मचारीलाई कामवाट निकालेको छ । यसरी निकालिनेमा करारमा भर्ना भएका कर्मचारी छन् ।

कोभिड १९ को प्रभावले निगमको आम्दानी नभएको कारण देखाउँदै निगमले त्यती धेरै कर्मचारी एकैपटक निकालेको हो । करारमा रहेका ४५० कर्मचारीमध्ये १४५ जनाको करार नवीकरण नगरिएको निगमले जनाएको छ। निगममा क्याविन क्रु, पाइलटहरु नै करारमा छन् ।

यो अर्को समाचार, आज घण्टाकर्ण अर्थात् गठामङ्गल मनाइँदै
प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री शहरमा मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्परानुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउँछन् ।

परापूर्वकालदेखि मनाइँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभ’क्षी रा’क्षस मा’रिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे रा’क्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ । संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग छ्वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठामङ्गल बेलुकी भने खेतको बीचमा लगेर बा’ल्दा धानमा किरा नलाग्ने विश्वास रहेको बताउनुहुन्छ ।

यसैगरी बिहानै स्नान, पूजापाठ गरी घरआँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ । गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ । यस्तो परम्परा अहिले पनि राजधानीको तीनै शहर काठमाडौँ, ललितपुर र भक्तपुरका भित्री भागमा छ ।

यसो गर्नाले नवविवाहित जोडीको जीवनमा बाह्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त हुन्छ । आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घण्टाकर्णको पूजा आराधनालाई राजधानीको भित्री भागमा बस्नेले महत्वपूर्ण मान्छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्