अब विमानको भाडा कति ? विमान भित्र शौचालय जान नपाईने, अन्य सेवाका बारेमा भयो यस्तो निर्णय

प्रकाशित मिति : ११ श्रावण २०७७, आईतवार १३:०२


काठमाडौं । सरकारले भदौ १ गतेबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुलाउने निर्णय गरेको छ । पाँच महिना भन्दा लामो बन्द पछि खुल्न लागेको एयरलाइन्सले अब भाडा कसरी समायोजन गर्छन भन्ने चासो सवत्र छ । भदौ १ गते उडान संचालनका लागि अहिले तयारी तिब्र पारिएको छ । भाडा दर र अन्य तयारीमा लागेका एयरलाइन्सहरुले लकडाउन अगाडीकै भाडा कायम गर्ने भएका छन् । लकडाउन अघिकै टिकट मूल्य कायम गरेर तयारी सुरु गरिएको एयरलाइन्स कम्पनीहरुले जनाएका छन् ।

पाँच महिना बन्द भएको एयरलाइन्सहरुले आर्थिक रुपमा ठूलो नोक्सानी भोगेका छन् । केही एयरलाइन्सहरुले कर्मचारी कटौती समेत गरेका छन् । कसैलाई स्वेच्छिक रुपमा अवकास लिन र कसैलाई बेतलबी विदा बस्न भनिएको छ । भदौ १ वाट उडान सुचारु हुने भएपछि भने केही उत्साह जागेको एयरलाइन्सहरुले जनाएका छन् । यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुज रिमाल पुरानै टिकट दरमा यात्रुलाई सुरक्षित यात्रा गराउन आफुहरु तयारीमा लागेकोब बताएका छन् ।

कोरोनाको जोखिम कायम नै रहेका कारण अबको उडानमा एयरलाइन्सहरुले सुरक्षा मापदण्ड पनि अपनाउनु पर्नेछ । त्यसको पनि लागि सम्पूर्ण सुरक्षाका उपाय आफुहरुले अपनाएको र ढुक्क भएर यात्रा गर्न उनले आग्रह गरे । मास्क, स्यानिटाइजर, डिसइन्फेक्सन गराइएका कारण कोरोनाको कुनै जोखिम नहुने उनको भनाई छ । कोभिड अगाडिको अवस्था भन्दा अहिले १ घण्टा अगाडी नै यात्रुहरु विमानस्थल पुग्नुपर्ने छ । सुरक्षा जाँच देखि लिएर सम्पूर्ण प्रोटोकल पुरा गर्न समय लाग्ने भएकाले पहिलेको समयभन्दा १ घण्टा अगाडी नै यात्रुहरुलाई बोलाइएको हो ।

यात्रुहरुले कोरोना फैलन लगाएको लकडाउन अगाडीकै भाडादरमा यात्रा गर्न पाउने भएका छन् । यति एयरलाइनले व्यावसायिक उडानका लागि बुकिङ खुलाएको छ । साथै तारा एयरको बुकिङ खुला गरिएको छ । अब विमान भित्र शौचालय प्रयोग गर्न पाइने छैन । विमान भित्र पाइने अन्य सुविधा पनि हटाइएको छ । यात्रुहरुले विमान चढ्नुअघि अनिवार्य एयरलाइन्सले उपलब्ध गराएको स्यानीटाइटर प्रयोग गर्नुपर्ने छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्