पिपिई लगाएर विमानस्थलमा पुगे सन्दिप लामिछाने, दुई महिनामा कमाउँदैछन् एक करोड

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार १४:२३


काठमाडौं । नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने बिहीवार बिहान १० बजे काठमाडौं स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पिपिइ लगाएको अवस्थामा भेटिए । उनी क्यारेबियन प्रिमियर लिग (सिपिएल) का लागि ट्रिनिडाड एण्ड टोबागो प्रस्थान गर्ने क्रममा विमानस्थलमा देखिएका हुन् । उनी चार्टर्ड फ्लाइटमा त्यस तर्फ जान लागेको हुन् ।

उनी विहिवार बिहान कोरियन एयरमार्फत कोरियाको सोल हुँदै त्यसतर्फ लागेका छन् । लामिछानेका मेनेजर रमन शिवाकोटीका अनुसार उनी त्यहाँबाट अमेरिका ट्रान्जिट हुँदै अगस्ट १ मा ट्रिनिडाड एण्ड टोबागो पुग्नेछन्।

आज बिहान एयरपोर्ट पुगेका लामिछाने अन्तर्राष्ट्रिय टर्मिनल अगाडि पीपीइमा देखिएका थिए । सीपीएलमा उनले यसपाला जमैका तहल्लाबाजबाट खेल्ने छन्। जसका लागि उनले १ करोड नेपाली रुपैयाँ भन्दा बढी रकम पाउनेछन्

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्वारेवियन प्रिमियर लिग (सिपिएल) जानुअघि राष्ट्रिय टोलीको खेल नै आफ्नो लागि पहिलो प्राथमिकता रहेको बताएका छन् छन् ।

टियु मैदानमा बुधबार पत्रकार माझ बोल्दै उनले राष्ट्रिय टोली नै पहिलो प्राथमिकता रहेको बताए । विश्वभर अब फ्रेन्चाइज लिग सुरु भएसँगै राष्ट्रिय टोलीसँग खेल जुध्ने सम्भावनामा उनले यस्तो अभिव्यक्ति दिए । ‘मेरो लागि नेपाली टोली पहिलो प्राथमिकता हो । हिजो पनि थियो र भोली पनि रहने छ,’ उनले थपे,’सिपिएल खेल्न जति म उत्साहित छु त्यो भन्दा धेरै नेपालमा सबैजना हुनुन्छ । कोरोनापछि क्रिकेट फर्किंदै छ । नेपालसहित विश्वमा सबैजना खुसी हुनुन्छ । जतिसक्छु राम्रो प्रर्दशन गर्ने प्रयास गर्ने छु ।’

‘त्यहाँ पुगेर क्वारेन्टिनमा बस्नुपर्छ । क्वारेन्टिनको समयमा अभ्यास गर्नदिने सम्भावना पनि हुन्छ । हाम्रो टोली राम्रो छ’, उनले भने । सन्दीपले आफू सिपिएलबाटै आइपिएल खेल्न जाने बताए । सिपिएलमा राम्रो गर्नसकेको खण्डमा आइपिएलमा पनि सहज हुने सन्दीप बताउँछन् । सिपिएल भदौ २ देखि २५ ९अगष्ट १८– सेप्टेम्बर १०० सम्म ट्रीनिडाड एन्ड टोबेगोमा हुँदैछ ।

जमैकाले अगष्ट १९ मा सेन्ट लुसिया जुक्सविरुद्ध खेल्दै सुरुवात गर्ने छ । २० अगष्टमा जमैकाले ट्रीनबेगो नाइट राइडर्सविरुद्ध खेल्ने छ । २२ अगष्टमा गुयाना एमेजन वारियर्सविरुद्ध खेल्ने छ । २५ अगष्टमा पुन गुयानासँग खेल्ने छ । २६ अगष्टमा बार्बाडोस ट्राइडेन्ट्सविरुद्ध खेल्ने छ । २९ अगष्टमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्सविरुद्ध खेल्ने छ ।

१ सेप्टेम्बरमा ट्राइडेन्ट्सविरुद्ध खेल्ने छ । ३ सेप्टेम्बरमा पेट्रीयट्सविरुद्ध खेल्ने छ । सेप्टेम्बर ५ मा बार्बाडोसविरुद्ध खेल्ने छ । लिग चरणको अन्तिम खेलमा लुसिया जुक्सविरुद्ध खेल्ने छ । शीर्ष चारमा पर्न सकेमा सेप्टेम्बर ८ मा सेमिफाइनल खेल खेल्ने छ । फाइनल १० सेप्टेम्बरमा हुँने छ । १९ सेप्टेम्बर देखि आइपिएल सुरु हुँने हुँदा सन्दीप उतैबाट युएई जाने छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्