१५ किलो सुनका’ण्ड थप रहस्यम बन्दै : प्रहरीकै कोठाबाट भेटियो एक किलो सुन

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार १५:१४


काठमाडौं । काठमाडौं डेरा गरि बस्ने प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठाबाट प्रहरीले एक किलो सुन फेला पारेको छ । १४ किलो चाँदी र आधा किलो सुन काण्डमा गलत सुिचना दिएको आधारमा श्रेष्ठको कोठामा छापा मार्दा सो पोको फेला परेको हो । सुनको परिक्षण थालिएको छ ।

सो पोकोलाई महानगरीय प्रहरी कार्यलयले परिक्षण गर्न पठाएको जनाएको छ । प्रहरी जवान प्रशन्नलाई दरबारमार्ग वृतको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो घटना पछि कमलादी सुन प्रकरण झनै रहस्यमय बन्दै गएको छ। एकाएक प्रहरीले थप एक किलो सुन बरामद गरेपछि घटना रहस्यमयी बन्दै गएको हो । प्रहरीले बरामद गरेको सुन सक्कली वा नक्कली भएको भन्ने खुलिसकेको छैन।

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले महानगरीय प्रहरी वृत्त दरबामार्गमा कार्यरत एक घुमुवा प्रहरीले लुकाउन राखेको अवस्थामा आफन्तको घरबाट सुन फेला परेको हो। सादा पोसाकका प्रहरी प्रशन्न श्रेष्ठले लुकाउन लगाएको अनुसन्धानवाट खुलेको छ।

बागबजारमा रहेको उमेश श्रेष्ठको घरबाट सुन भेटिए पछि प्रहरीले अनुसन्धान थालेको छ । प्रहरी जवान बहादुर सिंह कडायतलाई समेत पक्राउ गरी अनुसन्धान थालिएको हो । सुन प्रकरणमा जवना श्रेष्ठ र कडायत समेत मुछिएका छन्। मंगलवार प्रहरीले बरामद गरेको १५ किलो पहेलो धातुको बारेमा कडायतले नै जानकारी दिएका हुन् ।

मंगलवार बिहान करिब ९ बजेतिर जाँच गर्ने क्रममा कमलादीबाट बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कर्पियो गाडीवाट फालिएको झोलामा सो धातु रहेको बताईएको थियो । प्रहरीले सुरुमा १५ किलो सुन बरामद गरेको भन्दै सूचना चुहाएको थियो भने पछि अनुसन्धान गर्दा त्यो नक्कली रहेको बताएको थियो । बरामद गरिएको मध्य ५ सय ग्राम मात्र सक्कली सुन रहेको र अरु सबै नक्कली सुन भएको प्रहरीले जनाएको थियो ।

प्रहरीको आँखै अगाडीवाट गाडी फ रार भएपछि आशंका गरी त्यसवारे अनुसन्धान जारी गरिएको थियो । यसै घटनामा प्रहरीले पूर्वी नवलपरासीबाट निलेश सखिया, देवान पटेल र विजय पटेललाई नियन्त्रणमा लिएको छ। तीनै जना भारतीय नागरिक हुन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्