बाढीमा फसेकालाई उद्धार गर्न जाँदा आफै बेप’त्ता, ३ दिन पछि फेला पर्यो शव

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार १५:३५


काठमाडौं । बाढीले बगाएकालाई उद्धार गर्न गएका एक युवा आफै हराएका छन् । बाढीमा परेकाहरुलाई उद्धार गर्न गएका कैलाली भजनी नगरपालिका ८ का ४० वर्षीय इश्वर शाह वाढीमा हराएका थिउ । कैलाली प्रहरीले उनको शव फेला परेको जनाएको छ । उनी बुधवार बाढीमा परेकाहरुलाई उद्धार गर्न गएका थिए । शाहको शव शुक्रवार मध्यान्ह फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टका अनुसार शाहको शव बे प त्ता भएको ठाउँबाट १ किलोमिटर तल पथरैया र गौराखोलाको दोभान नजिक झा डीमा फेला परेको हो । उनी बाढीका कारण समस्यामा परेका स्थानीयको उद्धार गर्ने क्रममा चिप्लिएर बे प त्ता भएका थिए।

बे प त्ता भएका भजनीकै तीन जनामध्ये जनकपुरका ११ वर्षीय स्केल चौधरीको शव बिहीवार बेलुका भेटिएको थियो। भजनी नगरपालिका ८ का चक्र बिक भने अझै बे प त्ता रहेको प्रहरी प्रवक्ता विष्टले जानकारी दिए। शुक्रवार पानी पर्ने क्रम रोकिएकाले खोजी कार्यमा सहज भइरहेको र उनको खोजी जारी रहेको प्रहरीको भनाइ छ। बुधवार सोही ठाउँमा बाढीमा बगेका तीन जनाको भने सकुशल उद्धार गरिएको थियो। पथरैया र कान्द्रा नदीको बाढी गाउँमा पसेपछि उनीहरू बगेका थिए।

बुधवारको बाढीका कारण कैलालीको भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकामा गरी ६ हजार ३ सय २० घरधुरी प्रभावित भएका छन्। तीमध्ये २ हजार भन्दा बढी परिवार विस्थापित भएका छन्। उनीहरू अहिले विद्यालय, हुलाकी सडक लगायतका ठाउँमा बसिरहेका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्