चर्चित गीत ‘तिम्ले पराइ ठानेपछी’ का गीतकार लोकराजको मौलिक तीज गीत ‘सलहका बगाल’ सार्वजनिक (भिडियो हेर्र्नुस्)

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार १७:०७


काठमाडौं । नेपाली हिन्दु महिलाहरूको महान चाड तीज आउन अब करिब बीस दिन बाकी छ । सङ्गीतको चाड मानिने यस तीजको अवसरमा एक पछि अर्को गर्दै नयाँ तीज गीतहरू सार्वजनिक भइरहेका छन् ।

यसैक्रममा गीतकार लोकराज अधिकारीको नयाँ तीज गीत ‘सलहका बगाल बारिको पाटामाू’सार्बजनिक भएको छ । सुजाता केसि र रोजि श्रेष्ठको स्वर अर्जुन पोख्रेलको संगीत र संगीत संयोजन रहेको तीज गीत शुक्रवार आर एस युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा दिपाशा बिसि र शुशिला थापाले छमछमी कम्मर भाचेका छन ।

म्युजिक भिडियोको कोरियोग्राफ र निर्देशन काजिश श्रेष्ठले गरेका हुन । अजय रेग्मीले खिचेको भिडियोलाई दिपक बिस्टले सम्पादन गरेका हुन । गीतकार अधिकारीका यसअघि ‘जसो परेपर्ला’ ‘घन्किदे मादलु’  ‘रे पटम भरर’ ‘नाच चेली’ ‘आमाले पकाएको दरू’ आयो तीज’ लगायतका तीज गीत दर्शक स्रोतामाझ आइसकेका छन ।

अधिकारी नेपाली सुगम संगीत र चलचित्र गीत संगीतमा पनि स्थापित भैसकेका गीतकार हुन । लोकराजका ‘तिम्ले पराइ ठानेपछी’ ‘म’र्छु बरु छट्पटीमा’ ‘रुपै मोहनी’  ‘बाजा बजाउदै’ लगायत दर्जनौ गीत दर्शक स्रोतामाझ लोकप्रीय छन ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्