बुद्दिसागरको तीज गीत ‘बाहिर जाँदा कोरोनाको डर, घर बसौँ बुढिको करकर’ (भिडिओसहित)

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार २०:३८


काठमाडौं । लोक तथा दोहोरी गीतमा छुट्टै पहिचान बनाएका गायक बुद्धिसागर बस्यालले यो वर्षको तीजमा निकै धमाकेदार गीत सार्वजनिक गरेका छन् । अहिले मुलुकले भोगेको कोरोनालाई तीज गीतमा जाडेर रमाइलो प्रस्तुती गरेका छन् । उनको यो पहिलो तीज गीत ‘चस्मा लाएर’सार्वजनिक भएको हो । लोक दोहोरीका क्षेत्रमा प्रख्यात वस्यालले तीज गीतमा पनि आफ्नो राम्रो छाप बनाउन सक्ने गीतवाट अनुमान लगाउन सकिन्छ । सार्वजनिक भएको गीतमा निकै राम्रा प्रतिकृया आएका छन् । गीतमा शब्द तथा स्वर बस्यालकै रहेको छ ।

‘बाहिर जाँदा कोरोनाको डर, घर बसौँ बुढिको करकर’ जस्ता शब्द गीतमा प्रयोग गरिएको छ । अहिले मुलुकले भोगेको समस्यालाई गीतमा समावेश गरिएको छ । सत्कर्मको संगीत रहेको उक्त गीतको भिडिओ विवेक खड्काले निर्देशन गरेका छन् । गीतको म्युजिक भिडियोमा किस्मत भण्डारी, उदिरम खड्का, ज्ञान प्रसाद पोखरेल, दिपक भण्डारी, अर्जुन अर्याल, कृष्ण डाँगी लगायतको अभिनय रहेको छ ।

बिहीबार सार्वजनिक भएको गीत बस्यालको आफ्नै युट्युब च्यानलमा हेर्न सकिने उनले जानकारी गराएका छन् ।‘बाजेका पालामा मोहोरपाथी नुन’, ‘डाँफे नाचेर, छमछम पाउजुले’, ‘मुरलीको धुन’ लगायतका निकै लोकप्रिय गीत उनले वजारमा ल्याइसकेका छन् । जसले उनलाई सांगितीक क्षेत्रमा स्थापित गराएको छ ।

गायक बस्यालले लकडाउनमा नेपालमै रहेको बेला कोरोना भाइरस, लकडाउन र अहिलेको परिवेशलाई समेटेर तीज गीत बजारमा ल्याएको बताए । १४ बर्षदेखि क्यानडा बसिरहेका बस्याल अहिले नेपालमै रहेको बेलामा तीज गीत सार्वजनिक गरेका हुन् ।
आफु स्वदेश वा विदेशमा हुँदा पनि दर्शक श्रोताको अटुट माया पाईराखेको भएकाले फ्यानकै आग्रहमा तीज गीत सार्वजनिक गरेको बताएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्