सुशान्तको मृत्युको कारण तिमिनै हो भन्दै आरोप लगाएपछि, रुँदै प्रेमिका रेहा चक्रवर्ती मिडियामा आइन (भिडियो)

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार १०:१५


मुम्बई । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनपछि उनकी प्रेमिका रेहा चक्रवर्ती आलोचनाको पात्र बनेकी छिन् । यहि विचमा रेहाको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । जुन भिडियोमा रेहाले आफुलाई गुण्डी भएको समेत उल्लेख गरेकी छिन् ।

भिडियोमा रहोले भनेकी छिन् ‘म मेरो प्रेमीलाई औंलामा नचाउन सक्छु । यदि कसैले आफुलाई गुण्डा सम्झन्छ भने म त्यो भन्दा ठूलो गुण्डी हुँ ।’ यो भिडियो कति पुरानो हो । प्रष्ट भएको छैन । सुशान्तको बुबाले सुशान्तको बैंकमा रहेको १५ करोड रुपैयाँ रेहाले निकालेको भन्दै प्रहरीमा उजुरी समेत गरेका छन् ।

यसै क्रममा सुशान्त सिंह राजपूतको प्रकरणमा उनकी कथित प्रेमिका रिया चक्रवर्तीले सर्वोच्च अदालत समक्ष उनीविरुद्ध पटनामा दर्ता गरिएको मुद्दा मुम्बईमा ट्रान्सफर गर्न आग्रह गरेकी छिन् । रियाले सर्वोच्च अदालतलाई सुशान्त सिंहको मृत्युबारे अनुसन्धान मुम्बई प्रहरीले गरिरहेको र उनको आफ्नो बयान पनि प्रहरीलाई दिइसकेको जानकारी दिएकी छिन् ।

सुशान्तका पिताले २५ जुलाईमा पटनाको राजिव नगर थानामा रियाविरुद्ध एफआइआर दर्ता गराएका थिए । रियाले आफूलाई सुशान्तकी प्रेमिका बताउँथिन् तर सुशान्तका पिताले उनको छोराको मृत्यु रियाकै कारण भएको दाबी गरेका छन् । सुशान्तको मृत्युको अनुसन्धान सिबिआईमार्फत् गराउन पनि माग भइरहेको छ । यद्यपि, महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले उनको सरकारले सुशान्त सिंहको मामिला सिबिआईलाई नसुम्पने स्पष्ट पारिसकेका छन् ।

सुशात सिंह राजपूतको मृत्यु प्रकरणमा उनका पिताका वकिल विकास सिंहले पटना प्रहरीले एफआइआर दर्ता गर्न हिच्किचाइरहेको बताएका थिए तर मुख्यमन्त्री नितिश कुमार र मन्त्री सञ्जय झाले भनेपछि मात्रै एफआइआर दर्ता भएको हो । विकास सिंह पूर्व एडिशनल सोलिसिटर जनरल हुन् र सर्वोच्च अदालतका वरिष्ठ वकिल हुन् । मंगलबार सुशान्त सिंह राजपूतका पिता के.के सिंहले पटनामा सुशान्त सिंह राजपूतकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध एफआइआर दर्ता गराएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्