स्यानिटाइजर पि’उँदा १० को मृत्यु

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार १५:३६


भारतको दक्षिणी राज्य आन्ध्रप्रदेशको एउटा गाउँमा र’क्सी बेच्ने पसलहरू बन्द भएकाले अ’ल्कोहोलमा आधारित स्यानिटाइजर से’वन गरेपछि कम्तीमा १० जनाको ज्या’न गएको छ। कुरीचेडु नामक गाउँमा कोरोनाभाइरस सङ्क्रमण बढेका कारण लकडाउन गरिएको छ।

जिल्लाका प्रहरी प्रमुख सिद्धार्थ कौशलले ती मानिसहरूले स्यानिटाइजरमा पानी तथा हल्का पानि मि’साएर पि’एको बताए। उनका अनुसार ती मानिस पि’यक्कड थिए र तिनले म’र्नुभन्दा १० दिन अगाडिदेखि त्यसरी स्यानिटाइजर पि’उन थालेका थिए।

“ती स्यानिटाइजरमा अन्य वि षालु प दार्थ पनि थिए कि भनेर हामी अनुसन्धान गरिरहेका छौँ,” उनले पत्रकारहरूलाई बताए। स्यानिटाइजरको नमुना रासायनिक परीक्षणका निम्ति पठाइएको उनले बताए।

“कतिपय र क्सी पिउने लत लागेका मानिसहरूले स्यानिटाइजर पि’एका थिए,” उनले रोयटर्स समाचार संस्थालाई बताए। “लकडाउनका कारण र क्सी उपलब्ध छैन। तर स्यानिटाइजर भने सजिलै पाइन्छन्।”

यो पनि : भारतमा कोरोनाबाट एकैदिनमा ५७ हजार भन्दा बढी सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट एकैदिनमा सङ्क्रमितको संख्या ५७ हजार नाघेको छ । यो संख्या एकैदिनमा सङ्क्रमित भएका मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै हो ।

अधिकारीहरुले शनिबार विहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५७ हजार ११७ सङ्क्रमित भएका छन् । योसँगै देशभरी कोरोनाबाट अहिलेसम्म सङ्क्रमितहरुको संख्या १६ लाख ९५ हजार ९९८ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको वेभसाईटमा उल्लेख भए अनुसार कुल सङ्क्रमित मध्ये पाँच लाख ६५ हजार १०३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी दश लाख ९४ हजार ३७४ जना सङ्क्रमणमुक्त भएको पनि अधिकारीहरुले जनाएका छन् ।

भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ३६ हजार ५११ जनाको मृत्यु भएको छ । ती मध्ये ७६४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कोरोनाले सवैभन्दा धेरै महाराष्ट्र प्रदेशलाई असर पारेको छ । यस प्रदेशमा अहिलेपनि एक लाख ५० हजार ९६६ जना सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी मृत्यु भएकाहरुको संख्या १९ हजार ९९४ रहेको छ ।

मन्त्रालयका अनुसार तमिलनाडु प्रान्तमा ५७ हजार ९८६ जना सङ्क्रमित अवस्थामै रहेका बेला तीन हजार ९३५ जनाको मृत्यु भएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्