‘भ्रष्टाचार विरोधी’ उप-सचिव प्रेम सञ्जेललाईले गरे कु’टपि’ट

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार १७:०७


विराटनगर – भ्रष्टाचार विरोधी सरकारी कर्मचारीको छवि बनाएका उप–सचिव प्रेमप्रसाद सञ्जेलमाथि शनिबार विराटनगरमा कु’टपि’ट भएको छ। श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि आफ्नै कार्यकक्षमा ११ बजेतिर महिला कर्मचारीले कु’टपि’ट गरेका हुन्। उनलाई कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई (निरौला) र मेनुका सापकोटा (कोइराला)ले ‘कु’टपि’ट गरेको प्रहरीले जनाएको छ।

कार्यालयको काममा कडा स्वभावमा प्रस्तुत हुने गरेका श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख एवं नेपाल सरकारका उप–सचिव प्रेमप्रसाद सञ्जेललाई उनकै कार्यकक्षमा कु’टपि’ट गरी घाइत बनाइदिएका छन्। जनताको काम चाँडै सकेर पठाउनु पर्छ भन्ने सोचका साथै भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएका सञ्जेललाई कार्यकक्षभित्र चुकुल लगाएर कार्यालयका सहयोगी कर्मचारीद्वय नेत्र भट्टराई (निरौला) र मेनुका सापकोटा (कोइराला)ले कु’टपि’ट गरेको प्रहरीले जनाएको छ । दुबै जना कार्यालयका करारका कर्मचारी हुन् । दुबै जना मिलेर टेबुलमा राखेको पेपर वेट (सिसाको डल्लो), चप्पल, नेल कटर, पञ्चिङ मेसिनलगायतले प्र’हार गरी घाइत बनाइदिएको प्रहरीले जनाएको छ ।

सञ्जेलको निधार लगायत अनुहारका विभिन्न भागमा चो’ट लागेको र ओठ फु’टेको प्रहरीले जनाएको छ। श्रम कार्यालय स्रोतकाअनुसार काम नगरेको भन्दै सञ्जेलले करारका नायव सुब्बा निर्मलकुमार दाहाललाई शुक्रबार कामबाट निकालिदिएका थिए।

दाहाल कु’टपि’टमा संलग्नमध्ये नेत्र भट्टराई (निरौला) को बहिनी ज्वाईँ हुन्। केही दिनअघि कार्यालयको पानी तान्ने मोटर पनि चोरी भएको थियो। मोटर चोरी भएपछि र कार्यालयका सामानको सुरक्षा नभएको भन्दै सञ्जेलले चार जना करारका कार्यालय सहायक मध्ये दुई÷दुई जना गरेर पालो हिसाबले २४ घण्टानै ड्युटीमा खटाएका थिए। महिला कर्मचारीलाई २४ घण्टानै ड्युटीमा लगाएको भन्दै कार्यालय सहायक सञ्जेलसँग आ’क्रोशित बनेको एक कर्मचारीले बताए। ‘बहिनी ज्वाईंलाई कामबाट निकालिदिएको र आफूलाई पनि २४ घण्टा नै ड्युटीमा लगाएपछि सञ्जेलसँग निरौला आ’क्रोसित बनेकी थिइन्,’ उनले भने, ‘त्यही रिस फेर्न अर्की कार्यालय सहायकसँग सहयोग लिएर कार्यकक्षभित्रै प्रमुखमाथि आ’क्रमण गरियो।’

‘सञ्जेलले आफूहरूलाई काममा धेरै दबाउने, तनाव दिने नियत राखेको, बारम्बार गा’लीग’लौ’ज गर्ने गरेका कारण कु’टपि’ट गरेको’ उनीहरूले प्रहरीलाई बताएको जनाएको छ । सार्वजनिक विदाका दिन पनि कार्यालयमै आएर सञ्जेल काम गर्छन् । ‘पसलमा बसेका बेला कार्यालयभित्रबाट ठूलो ठूलो आवाज आएपछि हामी २÷३ जना त्यहाँ पुग्दाभित्र चुकुल लगाएर कार्यालय प्रमुखमाथि कु’टपि’ट भइरहेको थियो,’ कार्यालय नजिकै रहेको एक व्यवसायीले भने, ‘दुई महिला कर्मचारीले त्यहाँ रहेको सामानले एकोहोरो कु’टपि’ट गरिरहँदा कसो कसो गरेर सञ्जेलले चुकुल खोल्न सके र हामीसबैले छुट्याइ दियौं ।’ प्रहरीका अनुसार दुई जनाले सञ्जेलको कार्यकक्षमा रहेका सामान फ्यालिदिनुका साथै कागजपत्र पनि च्यातिदिएको बताए ।

सरकारी कार्यालयमा हुने भ्रष्टाचार र घुसखोरीविरूद्ध संघर्षरत उपसचिव सञ्जेलललाई २०७५ असोज ११ गते उक्त कार्यालयको प्रमुखका रुपमा पठाइएको थियो। तर कर्मचारीका नेता र केही व्यापारीको दबाबमा ७० दिनमै उनको सरुवा सरकारले पुस ५ गते व्यावसायिक सीप तथा तालिम प्रतिष्ठानमा इटहरी ग¥यो।

उपसचिव सञ्जेलले आफूलाई गैरकानुनी र अन्यायपूर्ण व्यवहार गरेको भन्दै सर्वोच्च अदालतमा २०७५ फागुन १७ गते रिट निवेदन दायर गरेका थिए। कार्यअवधि नपुगी अन्यायपूर्वक गरिएको सरूवाबारे सरकारले सुन्दै नसुनेपछि उनी सर्वोच्च पुगेका थिए। रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले निजामती कर्मचारी ऐनविपरीत सरुवा गरेको ठहर गर्दै सञ्जेलको सरुवा कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो।

सरुवा कानुनसम्मत नदेखिएको सर्वोच्चको ठहर थियो। त्यसपछि उनी २०७५ फागुनमै श्रम तथा रोजगार कार्यालय विराटनगरमा हाजिर भएर काम थालेका थिए। भ्रष्टाचारविरुद्धमा निक्कै आक्रमण हुने उनी आफू भ्रष्टाचार नगर्ने र आफ्नो कार्यालयमा कार्यरत कोही पनि कर्मचारीलाई भ्रष्टाचार गर्न नदिने बताउँछन्।
निक्कै खरो स्वभावका सञ्जेल कार्यालयमा हुने ढिलासुस्तीको पनि विरोधी हुन्। काममा झारा टार्ने, ढिलासुस्ती गर्ने, घुस खाने र सेवाग्राहीलाई सहज ढंगले सेवा प्रवाह नगर्ने कर्मचारीलाई उनले तत्कालै जागिरबाट हटाउने गरेका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्