मलेसियामा नेपाली सुरक्षा गार्डलाई आ’क्र’मण गर्नेको पहिचान खुल्यो, प्रहरीले सुरु गर्यो कारवाहीको प्रक्रिया

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार १७:३४


काठमाडौं । मलेसियामा कु टा ई खाएका सुरक्षा गार्ड नेपाली नै भएको पुष्टि भएको छ । केही दिन यता सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो । सो भिडियो भाइरल भएपछि मलेसिया स्थित नेपाली दुतावासले अनुसन्धानका लागि मलेसिया प्रहरीलाई आग्रह गरेको छ ।

दुतावासको आग्रह पछि प्रहरीले अनुसन्धान थालेको स्थानिय समाचार संस्थालाई जानकारी गराएको छ । भिडियोमा एक सुरक्षा गार्डलाई कु टि एको छ । आ क्र मण गर्ने ब्यक्ति पाकिस्तानी भएको पनि खुलेको छ ।

क्यालालाम्पुरको वाग्सा मजु भन्ने स्थानमा सो घटना भएको हो स्थानिय प्रहरी अधिकारी राजीव अहमद स्माइलले अनुसन्धान थालिएको स्थानीय सञ्चारमाध्यमलाई जनाएका छन। मलेसियामा नेपाली बाहेक अन्य मुलुकका नागरिकले सुरक्षा गार्डका रुपमा काम नगर्ने भएकाले उनी नेपालीनै भएको हुनसक्ने अनुमान गरिएको थियो ।

नेपाली गार्डको परिचय अझै नखुलेको भएपनि प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । उनले कसैलाई ती व्यक्तिबारे जानकारी भए प्रहरीलाई खबर गर्न समेत भनेका छन।

गत शुक्रबार एक सुरक्षा गार्डलाई अर्का व्यक्तिले कु टे को भिडियो भाइरल बनेको थियो। एक मिनेटको उक्त भिडियोमा एक मलेसियन भाषा बोल्ने व्यक्तिले बारम्बार छडीले नेपाली सुरक्षा गार्डमाथि आ क्रम ण गरेको देखिन्छ। मलेसियास्थित नेपाली दूतावासले पनि उक्त घटनामा ग म्भीर ध्यानाकर्ष भएको जनाउँदै प्रहरीलाई उजुरी गरिसकेको जनाएको छ।

‘मलेसियामा सेक्युरिटी गार्डलाई कु ट पि ट गरेको सामाजिक सञ्जालमा आएको भिडियो सम्बन्धमा नेपाली दूतावास क्वालालम्पुरको ग म्भी र ध्यानाकर्षण भएको छ,’ दूतावासले फेसबुकमा लेखेको छ, ‘सो घटनाको थप अनुसन्धानका लागि मलेसिया प्रहरीमा प्रारम्भिक उजुरी गरिसकिएको छ।’ दूतावासले उक्त विषयमा थप जानकारी भएका आफूहरुलाई सम्पर्क गर्न समेत अपिल गरेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्