पिसिआर परिक्षण नगरी आइसोलेसनवाट घर पठाइयो, परिवार र समाजले स्वीकार नगर्दा ३५ वर्षका विशेश्वरले गरे देह त्याग

प्रकाशित मिति : १८ श्रावण २०७७, आईतवार १४:३३


जनकपुरधाम । १४ दिन क्वारेन्टिनमा बसेपछि पनि कोरोनाको कुनै लक्षण नदेखिएपछि घर पठाइएका एक युवकले देह त्याग गरेका छन् । क्वारेन्टिनवाट घर पठाउने बेलामा अन्तिम पटक पिसिआर परिक्षण नगरीदिदा उनलाई परिवार र समाजले स्वीकार नगरेपछि देह त्यागको वाटो रोजेका हुन् । उनी भारतमा मजदुरी गर्ने युवक हुन् । लकडाउनका कारण काम विहिन बनेका मिथिला बिहारी नगरपालिका २ का ३५ वर्षका विशेश्वर यादव घर आएका थिए ।

उनलाई परिक्षणका क्रममा कोरोना पुष्टि भएको थियो । क्वारेन्टिनवाट आइसोलेसनमा लगियो । तर उनलाई कोरोनाको कुनै लक्षण देखिएन । केही दिनको अस्पताल बसाई पछि उनलाई पिसिआर परिक्षण नगरी घर पठाइएको थियो । सरकारले १४ दिन क्वारेन्टिनमा बसेपछि पनि कोरोनाको लक्षण नदेखिए घर पठाउने नीति लिएको छ । उनलाई सोही नीति अनुसार घर पठाइएको थियो ।

४ छोराछोरी र श्रीमती उनी घर आएकोमा खुसी त थिए तर कोरोनाको अन्तिम परिक्षण नगरिएका कारण उनलाई घर भित्र जान दिन डराए । उनलाई पातमा खाना खान दिन थालियो । साना छोराछोरी पनि उनको नजिक परेनन् । छिमेकी र वरपरकाले पनि छि छि दुर दुर गर्न थाले । उनी परिवारसंगै बस्न चाहन्थे त्यसैले मेयरलाई आफ्नो पिसिआर परिक्षण गरिदिन आग्रह गरे । उनको आग्रहको सुनुवाई भएन । रोजगारीको खोजीमा गत माघमा भारतको राजधानी दिल्ली पुगेर घर आएका उनलाई परिवार र समाजले गरेको ब्यवहार सह्य भएन ।

२७ हजार भारुमा गाडी भाडामा लिए र १६ असारमा महोत्तरीको भिठामोड नाका आइपुगेका उनी क्वारेन्टिनमा बस्दा गरिएको परिक्षण पछि कोरोना पुष्टि भएको थियो । उनलाई गाउँकै पर्शुराम तलाउ माविको क्वारेन्टिन राखिएको थियो । २६ असार स्वाब दिएका उनलाई कोरोना पुष्टि भएको थियो ।

लक्षण नभएकाले उनलाई पुनः पीसीआर विधिबाट परीक्षण नगरी १० साउनमा घर जान दिइयो । घर गएपछि पनि परिवार र छिमेकीले स्वीकार नगर्दा उनले देह त्यागको निर्णय गरे । उनी शुक्रबार घर नजिकैको बगैँचामा झु ण्डि एको अवस्थामा भेटिए । शव भेटिएको ठाउँमा धानमा छर्किने कि ट नाशक औषधिको बट्टा पनि भेटिएको विश्वेश्वरका दाजु लक्ष्मीले बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्