गोर्खा भर्ती बन्द गर्ने परराष्ट्रमन्त्रीको संकेत पछि भारतीय मिडियामा खैलाबैला, मोदीकै मिडियाले बनाए यस्तो रिपोर्ट (भिडियो हेर्नुस्)

प्रकाशित मिति : १८ श्रावण २०७७, आईतवार १५:४८


काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार गोर्खा भर्तीसम्बन्धी नेपाल, भारत र बेलायतबीच भएको सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका थिए । उनले पुरानो सम्झौताको औचित्य नरहेको प्रतिकृया दिए । उनले यो सन्धि अहिलेको अवस्थामा उपयुक्त नभएको र परिमार्जनको आवश्यकता औल्याएका थिए । उनले अहिलेको अवस्थामा त्यसको पुनरावलोकन नगर्दा अहिलेको समयमा अनुपयुक्त देखिए सन्धि खारेज समेत हुन सक्ने संकेत गरे ।

नेपालले गोर्खा भर्ती बन्द गर्न सक्ने संकेत गरेसँगै यसले भारतमा नयाँ तरंग ल्याएको छ । भारतीय मिडियामा यसवारे प्राथमिकताका साथ समाचार प्रकाशन भएका छन् । भारतीय अखबार इण्डिया टाइम्समा यस विषयमा ‘काठमाडौंले किन गोर्खा सन्धि पुनरावलोकन गर्न चाहन्छ ?’ शीर्षमा रिपोर्ट प्रकाशित भएको छ ।

रिपोर्टमा भनिएको छ – नेपालले भारत र बेलायतसँग हस्ताक्षर गरेको १९४७ को सन्धिले ती दुई देशलाई गोर्खालीहरुलाई सैन्य सेवाका लागि लिन अनुमति दिन्छ । अहिले नेपालले यो सन्धि पुनरावलोकनको माग उठाइरहेको छ । यो वर्षको सुरुवातमा नेपालले बेलायतलाई रिटायर्ड गोर्खा सैनिकहरुले लामो समयदेखि सेवा सुविधामा विभेद भोग्नु परेको उल्लेख गर्दै पत्र लेखेको थियो ।

नेपाली मिडियाका अनुसार नेपालले सन्धिका विभेदपूर्ण व्यवस्था खारेज गर्ने वा संशोधन गर्ने योजनासहित बेलायतलाई आग्रह गरेको थियो । अहिले नेपालको द्विपक्षीय सम्झौता पुनरावलोकन गर्ने माग दुई देशबीच सीमा विवादका कारण सम्बन्ध बिग्रिएको बेला आएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्