भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण भै अस्पतालमा भर्ना, दुई जना मन्त्रीको मृत्यु

प्रकाशित मिति : १८ श्रावण २०७७, आईतवार १८:०४


भारतमा तिब्र रुपमा फैलिएको कोरोनाले राजनीति र सरकारको नेतृत्वमा रहेकाहरुलाई पनि छोएको छ । भारतको केन्द्रीय गृहमन्त्री अमित शाह कोरोना संक्रमित भएका छन् । आफू कोरोना संक्रमित भएको जानकारी उनले सामाजिक सञ्जाल मार्फत दिएका हुन् । आइतबार दिउँसो ट्वीट गर्दै उनले आफुलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन् । उनी अहिले आफु चिकित्सकको निगरानीमा बसेको र अस्पताल भर्ना भएको जानकारी दिए ।

कोरोनाको लक्षण देखिन थालेपछि शंका लागेर स्वाव परिक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको हो । तर उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताएका छन् । कोरोनाको प्रारम्भिक लक्षण देखिएपछि मैले परीक्षण गरें र कोरोना रिपोर्ट पोजेटिभ आयो ।ु ुमेरो स्वास्थ्य ठीक छ, तर डाक्टरको सल्लाहमा म अस्पतालमा भर्ना भइरहेको छु,ु शाहले ट्वीट गरेका छन्।साथै उनले केहि दिनदेखि आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई आफुलाई अलग राख्न र जाँच गर्न अनुरोध गरेका छन् ।


भारतीय उत्तर प्रदेशमा मन्त्रीको मृत्यु

भारतमा प्रदेश मन्त्री कमल रानी वरुणको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ । उत्तर प्रदेशकी मन्त्री रानीको निधन भएको प्रदेश सरकारका प्रवक्ताले पुष्टि गरेका छन् ।उहाँसँगै भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८५३ जनाको मृत्यु भएको छ । कुल मृतकको संख्या भने ३७ हजार ३६४ पुगेको अधिकारीहरुले जनाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ५४ हजार ७३६ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमितको संख्या साढे १७ लाखभन्दा बढी पुगेको छ ।

भारतको समाजवादी पार्टीका पूर्व नेता सिंहको निधन

भारतको राज्यसभा सदस्य तथा समाजवादी पार्टीका पूर्व नेता अमर सिंहको निधन भएको छ । उहाँको उपचारका क्रममा सिंगापुरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेता सिंहको सन् २०११ मा मृगौला प्रत्यारोपण गरिएको थियो । ६४ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएको थियो । “बरिष्ठ नेता तथा सांसद अमर सिंहको असामयिक निधनको खबरले हामीलाई अत्यन्त दुःखित बनाएको छ,” रक्षा मन्त्री राजनाथ सिंहले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्