आँचलको विवाहा पछीको अनुभब भन्छिन,बिहेपछि अनुहारमा झनै चमक आयो, झनै विन्दास भएकी छु (भिडियो हेर्नुहोस)

प्रकाशित मिति : १८ श्रावण २०७७, आईतवार २०:२२


नायिका आँचल शर्माले आफू बिहेपछि झनै विन्दास र भित्र बाट खुलेको बताएकी छिन् । लकडाउनको समयमा जीम जाने, मन परेका परिकार खाने र परिवारसँगै समय बिताएको बताउने आँचल लकडाउन खुलेपछी भने म्यूजिक भिडियोको छायांकनमा रमाइरहेकी छिन् । आँचललाई उनका फ्यान तथा आफन्तले बिहेपछि झनै सुन्दर देखिएको भनेर तारिफ गरेका छन् । आँचल खुशी हुँदै भन्छिन् –‘मलाई त धेरै फ्यानहरुले बिहेपछि अनुहारमा झनै चमक कसरी आयो भनेर प्रश्न सोध्नुहुन्छ । म आफूलाई भने उस्तै छु जस्तो लाग्छ ।’

आँचल मन खुशी भयो भने अनुहारमा चमकता आउने कुरामा विश्वास गर्छिन् । उनले लजाउदै भनिन्–‘सायद, बिहेपछि मेरो मन झनै खुशी भएको छ । उदिपजीको साथले मनमा उमंग ल्याएको छ । सायद उदिपजी मायाले मेरो अनुहारमा फ्यानहरुले चमकता देख्नुभएको होला ।’ म अहिले विन्दास पनि भएको छु । भिडियो हेर्नुहोस

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्