विरामी बुवा भेट्न भारतवाट छोरी आएको घरका १४ सहित २२ जनामा कोरोना पुष्टि भएपछि नगर नै सिल गरियो

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलवार १२:४५


काठमाडौं । दिनहुँ बढिरहेको कोरोना संक्रमितको संख्याले सर्वसाधारणलाई त्रसित बनाएको छ । फेरी मोरङको रंगेली नगरपालिकामा एकै परिवारमा २४ जनामा कोरोना पुष्टि भएको छ । एउटै घरका १४ सहित २२ जनामा कोरोना पुष्टि भएपछि सोमबार राति १२ बजेदेखि अनिश्चितकालका लागि सिल गरिएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोम प्रसाद सुवेदीले ठूलो संख्यामा कोरोना संक्रमित फेला परेपछि सिल गर्ने निर्णय गरिएको बताएका छन् । उनका अनुसार संक्रमितहरु धेरै जनाको सम्पर्कमा भएको जानकारी प्राप्त भएकाले उनीहरुको पनि परिक्षण गर्नका लागि नगर क्षेत्र सिल गरिएको हो।

‘एकै परिवारका १४ जनासहित २२ जनामा कोरोना देखिएको सोमबार राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि नगर क्षेत्र सिल गरिएको सूचना सार्वजनिक गरिएको छ ।

१४ जना संक्रमित भेटिएको परिवारमा एक महिला (छोरी)भारतबाट आएको खुलेको छ । उनीवाटै अरुलाई पनि कोरोना सरेको हुनसक्ने अनुमानका साथ परिक्षण गरिएको छ ।

बुबा बिरामी परेपछि ती युवती भेट्नका लागि दिल्लीबाट नेपाल आएकी थिइन्। उनी भारतवाट आएपछि बृद्ध बुवाको पनि निधन भएको छ । उनी अन्तिम संस्कारमा सहभागी भएकी थिइन् । अन्तिम संस्कारमा छिमेकी र आफन्त पनि सहभागी भएको बताइएको छ । बृद्धको अन्तिम संस्कारमा सहभागी भएका परिवारका सदस्य र केही गाउँलेमा पनि कोरोना देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

‘संक्रमितहरु धेरै जनाको सम्पर्कमा आएका कारण उनीहरुको सम्पर्कमा आएकाहरुको पनि स्वाब संकलन गरी परीक्षण गर्नुपर्ने भएकाले कहिले सम्म सिल गर्ने भन्ने निर्णय अहिले भइसकेको छैन । अवस्था हेरेर सिल खुला गर्ने की नगर्ने भन्ने विषयमा निर्णय गर्ने प्रशासनले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex