लकडाउन गर्ने/नगर्नेबारे विज्ञ र विपक्षी दलका नेतासँग प्रधानमन्त्रीको परामर्श सुरु, देउवा र महन्थ ठाकुरको पनि उपस्थिति

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलवार १३:०१


काठमाडौं । काठमाडौं उपत्यका लगायत मुलुकका केही शहरमा कोरोना संक्रमितको संख्था डरलाग्दो तरिकाले थपिने थालेपछि फेरी लकडाउन गर्ने विषय उठ्न थालेको छ । केही चिकित्सकहरुले लकडाउन मात्र होइन कफ्र्यु नै लगाउने सुझाव दिएका छन् ।

स्वास्थ्य मन्त्रालयले पनि जोर विजोर सवारी साधन चलाउन गृहलाई पत्र लेखेको छ । उपत्यका भित्रने सवारी कडा गर्न र लकडाउनका बारेमा पुनर्विचार गर्न गृहलाई स्वास्थ्य मन्त्रालयले सुझाव सहित पत्र लेखेको हो ।

यस्ता विषयमा निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले विञ र विपक्षी दलसंग छलफल सुरु गरेका छन् । कोरोनाको महामारी रोक्न पुनः लकडाउन गर्नेरनगर्नेबारे ठोस निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञ र विपक्षी दलका नेताहरुसँगको छलफल अहिले जारी छ ।

पछिल्लो समय काठमाडौँ उपत्यका लागयत देशभर संक्रमितहरु बढ्दै गएपछि यसको रोकथामका लागि पुनः लकडाउन गर्नेरनगर्नेबारे प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रका विज्ञ र विपक्षी दलका नेताहरुसँग छलफल गरेका हुन्। जनस्तरवाट पनि कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग उठेको छ ।

 

प्रधानमन्त्रीनवास बालुवाटारका बिहान साढे ११ बजेदेखि सुरु भएको छलफल अहिले पनि जारी रहेको प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजागाईंले जनाकारी दिएका छन् ।सो छलफलमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, कोरोना रोकथाम समितिका पदाधिकारी र सदस्यहरु, स्वास्थ्य क्षेत्रका विज्ञहरू सहभागी छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex