फेरी डब्लूएचओले कोरोनाविरुद्ध औषधि कहिले नबन्न पनि सक्छ किन भन्दैछ ?

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलवार १३:०८


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पटक पटक कोरोना भाइरसको अचुक औषधि कहिल्यै पनि नबन्न सक्ने तर्फ संकेत गर्दै आएको छ । कोरोनालाई अब मानिसले आफ्नो जिवनसंगै अपनाउनुपर्ने भनाई पटक पटक आइरहेको छ । फेरी एक पटक विश्व स्वास्थ्य संगठनका प्रमुख डा। टेड्रोस एडहानम गेब्रियससले कोरोनाविरुद्ध खोप आउने आशा भएपनि अहिले सम्म यसको अचुक औषधि आइनसकेको बताएका छन् । उनले सायद यो कहिल्यै पनि नबन्न सक्ने तर्फ पनि संकेत गरेका छन् । उनले यस अघि पनि यस्तै कुरा भनेका थिए ।

उनले यसअघि पनि धेरैपटक कोरोना भाइरस कहिले निर्मूल नहुने रोग हुन सक्ने बताएका थिए । अब मानिसले कोरोनासंगै बाँच्नु पर्ने बताउँदै आएका छन् । मानिसले अब आफुलाई कोरोनासंगै बाँच्न सिक्नुपर्ने सुझाव दिँदै आएका छन् । कोरोना एकदमै फरक किसिमको भाइरस भएका कारण यसले आफ्नो रुप परिवर्तन गरिरहने भएकाले यो कहिल्यै पनि निर्मुल हुन नसक्ने बताएका छन् । अनि यसलाई मौसम परिवर्तनले पनि कुनै असर पार्दैन किनकि यो मौसमी फ्लु होइन।

उनले कोरोनावाट बच्न एक मात्र उपाय शारीरिक दूरी कायम गर्ने, राम्रोसँग साबुनपानी हात धुने तथा मास्क लगाउनु नै हो भन्दै सुझाव दिएका छन् ।यस्ता नियम पालना गर्न विश्वका मानिसलाई डा। टेड्रोसको सुझाव छ।

उनले भनेका छन्, ‘धेरैवटा खोप तेस्रो चरणको परीक्षणमा छन् र हामीलाई आशा छ, कुनै एउटा खोप कोरोना संक्रमणबाट मानिसलाई बचाउन प्रभावकारी हुनेछ। तर अहिलेसम्म यसको कुनै अचूक औषधि पत्ता लागिसकेको छैन र कहिले पत्ता नलाग्ने सम्भावना पनि उत्तिकै छ। यसर्थ हामीले कोरोना परीक्षण, आइसोलेसन र मास्कका माध्यमबाट कोरोना रोक्ने काम जारी राख्न जरुरी छ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex