काठमाडौं । भारतको अयोध्यामा आज राम मन्दिर निर्माणको लागि भूमिपूजन कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको शिलान्यास गरेका हुन् । यस अवसरमा आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले भने रामले विविधतामा एकताको सन्देश दिएका छन् ।
उनले भने, राम सबैको राम हो र सबै रामका हो। श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्ट यस भूमि पूजन कार्यक्रमको आयोजक हो । यो ट्रस्ट अयोध्या जग्गा विवादमा सर्वोच्च अदालतको निर्णय पछि गठन गरिएको थियो। वामपन्थी दल र असदुद्दीन ओवैसीको पार्टी एआईएमआईएमले पनि प्रधानमन्त्रीको रूपमा भूमि पूजामा संलग्न भएकोमा मोदीको आलोचना गरे।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राम मन्दिरको शिलान्यास गर्दै ‘भगवान रामसँग नेपालको आत्मीय सम्बन्ध’ भएको बताएका छन् । उनले सो अबसरमा नेपालको प्रशंग पनि उठाएका हुन् ।
मोदीले भनेका छन्,‘रामसँग नेपालको आत्मीय सम्बन्ध माता जानकीसँग जोडिएको छ।’ मोदीले श्रीलंकामा पनि रामायणको कथा चासोका साथ पढिने बताउँदै नेपाल र भारतबीचको सम्बन्ध भगवान रामकै कारण आत्मिय भएको बताए।
मोदीले सो क्रममा विश्वका मुस्लिम देशमा समेत रामको पूजा हुने गरेको उल्लेख गरेका छन्। उनले राम भारतीय संस्कृतिको आधार भएको बताउँदै राम हरेक भारतीयको मन र मस्तिष्कमा भएको जनाए। मोदीले ‘भगवान राम सबैको हो र सबै भगवान रामको’ भएको पनि बताएका थिए।
मोदीले अगाडी भने अयोध्यामा निर्माण हुने राम मन्दिरले भारतीय संस्कृतिको झलक दिनेछ । मानवतालाई सदाको लागि प्रेरणा दिने उनले बताएका छन् । प्रधानमन्त्री मोदीले भगवान रामको पाउ भएको स्थानमा राम मन्दिर निर्माण हुन लागेको भन्दै खुसी ब्यक्त गरेका थिए ।
मोदीले धर्मग्रन्थमा उल्लेख भएको प्रशंग उठाउँदै राम जस्ता कुनै पनि शासकको उपस्थिति सारा पृथ्वीमा छैन । राम भएको स्थानमा कोही पनि दुःखी हुनुपर्दैन, कोही गरीब हुदैन । पुरुष र महिला दुबै समान खुशी हुनेछन् । प्रधानमन्त्री मोदीले भने कि रामको आशिर्वादलेनै बाल, वृद्ध र वैद्यको पनि कोरोनावाट संरक्षण हुनेछ । रामको यो नीति र अभ्यासले शताब्दीयौंदेखि भारतलाई मार्गदर्शन गरिरहेको उनको भनाई थियो एजेन्सी