सांसद कृष्णा केसीलाई कोरोना संक्रमण

प्रकाशित मिति : २५ श्रावण २०७७, आईतवार १०:१९


बाँके – प्रदेश ५ की सांसद कृष्णा केसीलाई कोरोना संक्रमण भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की केसीले शनिबार राति फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जनाएकी हुन् ।

उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउन आग्रह गरेकी छिन् । ‘म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक हप्तायता मसँग नजिकको सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पीसीआर जाँच गराउन अनुरोध गर्छु,’ केसीले लेखेकी छन् ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा शनिबार बाँकेका ७ महिलासहित २० जना कोरोना संक्रमित थपिएका थिए । सांसद केसी कोरोना महामारीकै बीच आफ्नो निर्वाचन क्षेत्र नरैनापुरमा विभिन्न कार्यक्रममा सहभागी भएकी थिइन् । उनको अहिले भेरी अस्पतालमा उपचार भइरहेको छ । रुघाखोकी लाग्न थालेपछि उनी कोरोनाको आशंकामा परीक्षण गराउन अस्पताल पुगेकी थिइन् । कोरोना रिपोर्ट पोजिटिभ आएपछि केसीको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

बिश्व माहामारीकाे रुपमा फैलिएको (corona virus) संक्रमण बाट म पनि अछुताे रहेन । PCR जांचबाट (positive) पाेजेटिभ रिपोर्ट अाएकाेले एक हप्ता यता मेराे काेलाेज कनट्याक्टमा रहनु भएका सम्पूर्ण लाइ सेल्फ अाइसुलेट तथा PCR जांच गराउनुहुन अनुराेध गर्दछु ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex