जोखिम बढेपछि सरकारले भर्खरै पछिल्ला निर्णय उल्ट्याउंदै गर्यो फेरी कडाइ

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार २१:५९


काठमाण्डौ – सरकारले हवाई उडान र लामो दुरीका यातायातलाई भदौ मसान्तसम्मका लागि रोक लगाएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण बढेकाले हवाई उडान र लामो दुरीका यातायात स्थगित गर्ने निर्णय गरेको हो । कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले गरेको सिफारिस अनुसार सरकारले ५ साउनको मन्त्रिपरिषद बैठकबाट विद्यालय भर्ना, आन्तरिक तथा बाह्य उडान, लामो दूरीका यातायात तथा विभिन्न खालका व्यवसायहरूलाई १ भदौदेखि खोल्ने निर्णय गरेको थियो।

सीसीएमसीकै सिफारिस अनुसार सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट यसलाई पछि सार्ने निर्णय गरेको हो। “सीसीएमसीको सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय भयो,” एक मन्त्रीले भने, “त्यो महीनाभरी नै नखुल्ने पनि हुनसक्छ।” पछिल्लो समय उपत्यकालगायत देशका विभिन्न जिल्लामा कोरोना संक्रमणको संख्या बढेपछि सीसीएमसीको आइतबार बसेको बैठकले केही समयका लागि स्थगित गर्नुपर्ने सुझाव सरकारलाई दिएको थियो।

सोही अनुसार मन्त्रिपरिषद बैठकले कम्तिमा १५ भदौसम्मका लागि पुरानो निर्णयलाई कार्यन्वयनमा नल्याउने निर्णय गरेको हो। त्यसैगरी संक्रमण रोक्न अन्तर्राष्ट्रिय सीमानाकामा आवतजावत थप कडाई गर्ने निर्णयसमेत सरकारले गरेको छ। यसअघि सरकारले भदौ १ गतेदेखि एक जिल्लाबाट अर्को जिल्लामा जाने लामो दूरीका यातायात खुला गर्ने निर्णय गरेको थियो। हाल जोर विजोर प्रणालीअनुसार सार्वजनिक र नीति सवारी साधन चल्दै आएका छन्। विद्यालय सञ्चालनबारे भने कुनै निर्णय नभएको ती मन्त्रीले जानकारी दिए। यसअघि सरकारले भदौ १ गतेदेखि भर्ना सुरु गर्ने निर्णय गरेको थियो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex