३० वर्षीया सीता लोप्चनले जन्माइन पाँच किलोको बच्चा

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार २२:४२


चितवन – मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माउनुभएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माउनुभएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाका अनुसार उच्च रक्तचाप र बच्चा ठूलो भएका कारण हेटौँडा अस्पतालबाट उपचारका लागि आइतबार साँझ चितवन मेडिकल कलेज पठाइएको थियो । लोप्चनले आज बिहान ९ बजे छोरी जन्माउनुभएको हो । आमा ११२ किलो भएका कारणसमेत शल्यक्रियामा समस्या आउनसक्ने भएकाले लोप्चनलाई चितवन पठाइएको उहाँले बताउनुभयो ।

भरतपुर अस्पतालका स्त्री रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाले सामान्यतया बच्चाको तौल दुई किलो ५०० ग्रामदेखि तीन किलो ५०० ग्रामसम्म हुने बताउनुभयो । चार किलोभन्दा माथि तौल भएमा आमामा केही समस्या हुनसक्ने उहाँको भनाइ छ । लोप्चनको डा बन्दना खनाल, डा प्रेक्षा सिंह, डा वसन्त शर्मा, डा इन्द्रनारायण श्रेष्ठ, डा मेनुका ताम्राकारसहितको टोलीले शल्यक्रियामार्फत बच्चा निकालेको हो । अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको कलेजले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex