कोरोना भाइरसको जोखिम बढेपछि सरकारले थप कडाइ गर्दै लगायो फेरी यस्ता नियम, अब के गर्न पाइन्छ के पाइदैन ?



काठमाडौं । सरकारले कोभिड–१९ सङ्क्रमण फैलिँदै गएको भन्दै आगामी भदौ ३१ गतेसम्मका लागि अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवागमन रोक्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता डा युवराज खतिवडाले यसअघि साउन ३२ गतेसम्मका लागि अन्तर्राष्ट्रिय नाकाबाट हुने आवागमन रोकेकोमा सरकारले कोभिड–१९ सङ्क्रमण बढ्न थालेपछि भदौ ३१ गतेसम्मका लागि सीमानाका बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।

“विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणबाट सुरक्षित रहनका लागि छिमेकी मित्र राष्ट्रलगायत अन्य मित्र राष्ट्रले चालेका प्रयास र अनुभव समेतलाई ध्यानमा राखी सङ्क्रमणबाट सुरक्षित राख्न नेपालको अन्तर्राष्ट्रिय सिमानामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश बिन्दु र खुला सिमानाका जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन गत साउन ३२ गते आइतबार मध्यरातसम्मका लागि स्थगित गरिएकोमा हाललाई भदौ ३१ गते बुधबार मध्यरातसम्मका लागि नेपाल प्रवेश गर्ने सबै प्रवेश बिन्दु र खुला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन स्थगित गर्ने गरी निरन्तरता दिएका छौँ”, उनले पत्रकार सम्मेलनमा भने ।

मन्त्रिपरिषद्को गत जेठ १२ गतेको निर्णयबमोजिम जारी भएको ‘कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश, २०७७’ बमोजिम स्थलमार्गबाट नेपाल प्रवेश गर्न तोकिएका प्रवेश बिन्दुबाट नेपाल प्रवेश गर्न दिने व्यवस्था र मालसामानको ढुवानी व्यवस्थालाई भने यथावत कायम राख्ने निर्णय गरेको मन्त्री डा खतिवडाले बताए ।

सरकारले उक्त आदेशको पालना नगरी सीमानाकाबाट प्रवेश गर्ने गराउने र प्रवेश गरेका मानिसलाई लुकाउने कार्य गरे गराएमा प्रचलित कानूनबमोजिम कारवाही गर्ने भएको छ । बैठकले सरकारले विश्वव्यापी महामारीको रूमलिएको कोभिड–१९ को सङ्क्रमणको रोकथाम, नियन्त्रणका लागि सरकारले सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जारी गरेको आदेश जनताको जीवन रक्षाका लागि भएकाले हालसम्म उक्त आदेशको पालना गरी गरेकोमा धन्यवादसमेत दिएको छ ।

सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरिएको आदेश र नेपालका अन्तर्राष्ट्रिय सिमानाकामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश बिन्दु र खुला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन स्थगित गर्ने कार्यको पूर्णपालना गरी गराई सहयोग पु¥याउनु हुन सरकारले सबैसँग आग्रह गरेको छ ।

मन्त्रिपरिषद्को गत साउन ५ गतेको निर्णयानुसार जारी भएको आदेशमा हेरफेर तथा थपघट गर्ने गरी राजपत्रका प्रकाशन गर्नेसमेत निर्णय गरेको छ । गत साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट लामो दूरीका सार्वजनिक यातायात, हवाई सेवा सञ्चालन गर्ने निर्णयलाई पनि परिमार्जन गर्दै भदौ १६ गतेबाट मात्र सञ्चालन गर्ने निर्णय गरेको सरकार प्रवक्ता डा खतिवडाले जानकारी दिए । मन्त्रिपरिषद्को निर्णयानुसार अब होटल तथा रेष्टुराँबाट तयार गरिएका खाद्य परिकार लैजाने सेवा मात्र पाउने भएका छन् ।

त्यस्तै सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ। कोरोना जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै रहने सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए। मन्त्रिपरिषदले गरेको निर्णय मंगलबार सार्वजनिक गर्दै खतिवडाले भने, ‘शैक्षिक संस्था, सेमिनार, पार्टी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको छ।’

अब फेरि होटल, रेष्टुरेन्ट बसेर खान नपाइने, टेक अवेमात्रै

सरकारले होटल तथा रेष्टुरेन्टमा बसेर खान नपाइने नियम पुन: लागू गरेको छ। साउन १५ देखि रेष्टुरेन्टमा बसेर खान पनि पाइने नियम लागू भएकोमा र कोरोना महामारी बढेकोले फेरि टेक अवेमात्रै गर्न मिल्ने बनाइएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

‘होटल रेष्टुरा खोल्ने भनिएको थियो। अब होटल र रेष्टुराबाट तयार गरेको खाद्य परिकार लैजाने सेवा टेक अवेमात्र दिने निर्णय भएको छ,’ मंगलबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै उनले भने, ‘स्वास्थ्य सुरक्षाका उपाय अपनाएर परिचालित हौऔं भन्दा मास्क नलगाउने र भीडभाड बढेपछि टेक अवेमात्रै सञ्चालन गर्न दिइएको हो।’

२०० बढी सक्रिय सङ्क्रमित भएका जिल्ला लक्षित निर्णय

मन्त्रिपरिषद्ले काठमाडौं उपत्यकका तीन जिल्ला सहित २०० भन्दा बढी सक्रिय सङ्क्रमित देखिएका जिल्लाबाट अन्य जिल्लामा स्थानीय प्रशासनको अनुमति नभई आवतजावत रोक्ने निर्णय गरेको छ। त्यस्ता क्षेत्रमा रहेका सरकारी तथा गैरसरकारी निकाय एवं अन्य संघ संस्थालाई विद्युतीय सेवा प्रवाह गर्न र कार्यसम्पादनका लागि आलोपालो गरी बढीमा ५० प्रतिशत कर्मचारी एक पटकमा कार्यलयमा रहने व्यवस्था मिलाउन भनिएको छ।

अरू कर्मचारीहरूलाई घरबाटै सम्पादन गर्न सकिने काममा लगाउने भन्दै सरकारले अनलाईन वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न नसकिने तर बढी जनसम्पर्क हुने कार्यलयहरूका सेवा स्थगित गर्न भनेको छ। आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यवसायिक हवाई उडान, अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण तथा खेल र विद्यालय भर्ना जस्ता भदौ १ गतेबाट सञ्चालनमा ल्याइने भनिएका सेवाहरू भदौ १६ बाट सञ्चालनमा ल्याउने गरी मिति सारीएको छ।

उद्धार गरिएका श्रमिक सहित दैनिक ५०० भन्दा बढी यात्रुको सङ्ख्या नबढ्ने गरी उडान अनुमति दिन सकिने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ। भदौ १ गते खुल्ने भनिएको लामो, मध्यम तथा छोटो दुरीको यातायात सेवा कतिपय जिल्लाहरूमा कोरोनाभाइरसको सङ्क्रमण वृद्धि भएसँगै लगाइएका स्थानीय निषेधाज्ञाका कारण प्रभावित भएको छ।

सार्वजनिक यातायात १६ गतेसम्म नखोल्ने निर्णय मन्त्रिपरिषद्ले लिएको छ। त्यसबाहेक भिडभाड बढेको र पर्याप्त सावधानी नअपनाइएको भन्दै होटल तथा रेस्टुराँबाट परिकार लैजाने सेवालाई मात्रै अनुमति दिइने भनिएको छ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्