कांग्रेस नेता बस्नेतका पितामा मृत्युको ५ दिनपछि कोरोना पुष्टि, १५ सय जना थिए मलामी

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार १३:३५


काठमाडौं- बिहीबार राति निधन भएका खड्गबहादुर बस्नेतमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टमा बस्नेतमा संक्रमण पुष्टि गरेको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतका पिता ८४ वर्षीय बस्नेतको मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको हो ।

उनको त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको थियो । लामो समयदेखि प्यारालाइसिसबाट पीडित उनको मृत्यु भएपछि अन्तिम दाहसंस्कार गृहजिल्ला सिन्धुपाल्चोकमा गरिएको थियो ।

त्यसपछि शव बाह्रबिसे लगेर दाहसंस्कार गरिएको थियो। जसमा करिब १५ सय मानिस सहभागी (मलामी) भएको बाह्रबिसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनले जानकारी दिइन्। तर स्वास्थ्य मन्त्रालयले हिजो (मंगलबार) मात्र उनमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएपछि तनाव भएको छ।

उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइए पनि कोरोनाको रिपोर्ट नै नआइ परिवारका सदस्यले शव गृहजिल्ला लगेको भन्ने आरोप लागेको छ । बस्नेतको दाहसंस्कारका क्रममा १५ सयको हाराहारीमा मलामी सहभागी थिए । धेरै संख्यामा मलामी भेला भएकाले कोरोना संक्रमणको त्रास बढेको स्थानीयको भनाइ छ । एक स्थानीयले भने, ‘झण्डै १५ सयको हाराहारीमा मलामी भेला भएका थियौँ । उहाँमा कोरोना पोजेटिभको नतिजा आएपछि सिंगो जिल्लामै त्रास फैलिएको छ ।’

‘अब ती सबै (१५ सय जना) को कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएको छ,’ उपप्रमुख पाख्रिनले भनिन्, ‘आज पहिलो चरणममा मृतकलाई छोएका तथा धेरै नजिकका मानिसको स्वाब संकलन गर्दै छौं।’ त्यसका लागि अहिले बिहान १० बजेतिर जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीको टोली गाँमा आउने उनले जानकारी दिइन्।

मृत्यु संस्कारमा बसेका छोरालाई भेट्न पुगेका नेता तथा अन्य कार्यकर्ताहरुलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । उनलाई भेट्न सोमबारमात्रै नेकपा नेताहरु अमृतकुमार बोहरा, शेरबहादुर तामाङलगायत जिल्लाका विशिष्ठ व्यक्ति पुगेका थिए । उनीहरु सबैलाई अर्को सूचना नआएसम्म सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । ठूलो संख्यामा मलामी सहभागी भएपछि गाउँ नै सिल गरेर मलामी खोज्ने काम सुरू भएको छ ।

उक्त घटनामा आफ्नो कुनै दोष नरहेको दाबी गर्दै मृतकका छोरा एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कसैलाई भ्रममा नपर्न आग्रह गरेका छन्। आफ्ना पिताको मृत्युमा समेत आफूप्रति राजनीतिक कुचेष्टा राखेर कोरोनाको रिपोर्ट नआउँदै शव अस्पतालबाट जबर्जस्ती घर लगेको भन्ने भ्रामक समाचार सम्प्रेषण गराएको भन्दै उनले खण्डन गरेका छन्।

पूर्वमन्त्री बस्नेतले जारी गरेको विज्ञप्तिको पूर्णपाठ यस्तो छः

हाम्रा ८४ वर्षीय पुजनीय पिताको मृत्युमा समेत राजनीतिक कुचेष्टासाहित हस्पिटलबाट जबर्जस्ती पीसीआर रिपोर्ट नआई शव लागिएको भन्ने भ्रामक समाचार सम्प्रेषण गर्ने सञ्चामाध्यमप्रति गहिरो खेद प्रकट गर्दछौं।

वास्तवमा बुबाको मृत्युु दुवै किड्नीको खराबीका कारणले यही मिति २०७७र०४र२२ गते ११:४५ मा भएको थियो। उपचारमा संलग्न स्वास्थ टिमले तुरुन्त शव निकाल्नु भन्दाभन्दै हामीले भोलिपल्ट बिहान ७ बजे मात्र शव निकालेको सम्पूर्णमा जानकारी गराउदछौं। शिक्षण अस्पतालमा उपचारका लागि लैजाँदा उहाँको सुरुमा पीसीआर नेगेटीभ देखिएको थियो।

पहिला उपचारपछि घरमै आराम गरिरहनुभएका उहाँको स्वास्थ्यमा पुनः समस्या आएपछि मनमोहन कार्डिओ भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आईसीयूमा भर्ना गरिएको थियो। डाक्टरहरूको टिमले दुवै किड्नी ड्यामेज भएकाले मृत्यु भएको हामीलााई जानकारी गराएपछि हामीले अन्तिम संस्कारका लागि बाह्रबिसे ल्याएका हौं।

दुवै किड्नी ड्यामेज भएका कारणले मृत्यु भएको जानकारीपछि दाहासंस्कारमा धेरै शुभचिन्तकको सहभागिता रहेको थियो। तर मृत्यु भएको ६ घण्टामा आउने रिपोर्ट एक सातापछि कोरोना लागेर मृत्यु भएको स्वास्थ्य मन्त्रालयबाट समाचार सम्प्रेषण हुन्छ भने यसमा हाम्रो कुनै कमजोरी नरहेको जानकारी गराउँदछौं। यदि कोरोना संक्रमण नै थियो भने हामीलाई किन राति नै शव लैजान भन्ने अमानवीय हर्कत भयो?
मोहनबहादुर बस्नेत

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex