यि सभासद दम्पत्तीलाई कोरोना, सम्पर्कमा रहेका सबैले स्वाब परिक्षण गरेर सुरक्षित रहन गरे आग्रह



धनकुटा । धनकुटामा पनि उच्च जनप्रतिनिधिलाई कोरोना पुष्टि भएको छ । धनकुटामा पहिलो पटक सभासदलाई कोरोना पुष्टि भएको हो । सभासद दम्पत्तीले आफुहरुलाई कोरोना पुष्टि भएको जानकारी सामाजिक सञ्जाल मार्फत गराएका हुन् । प्रदेश समानुपातिक सभासद् कुसुम कुमारी श्रेष्ठ (जुली) श्रेष्ठ र उनकी पति नयन श्रेष्ठलाई कोरोना पोजेटिभ भएको हो ।

धनकुटा नगरपालिका ३ स्कुलडाँडा घर भएका दमपती हाल ईटहरी बस्दै आएका छन् । सभासद् श्रेष्ठले आफ्नो फेसबुक स्टाटसमा आफूहरुलाई २४ गते आएको स्वाब परिक्षटाबाट कोरोना भएको जानकारी दिएकी छन् ।

एक हप्ता अघि सम्पर्कमा आउने सबैले स्वाब परिक्षण गरेर सुरक्षित रहन उनीहरुले अनुरोध गरेका छ । धेरैजनासँग जनसम्पर्क भएका उनलाई कोरोना भएपछि अहिले धनकुटामा त्रा,स छाएको छ । उनीहरुको सम्पर्कमा रहेकाहरुको कोरोना परिक्षण गर्नुपर्ने देखिएको छ । कुशुमले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै भनेकी छन्, कोरोना १० को महामारीवाट अछुतो रहन सकिएन । २४ गते श्वाव परिक्षण गराएका थियौं आज रिपोर्ट पोजेटिभ आएछ । नयन जी र मसंग सम्पर्कमा रहनुभएका सम्पुर्ण महानुभावहरु सचेत र सतर्क रहनुहोला ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्