तीन दिन देखि हराएका कान्तिपुर दैनिकका पत्रकार बानियाँ मृ’त फेला परे

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार १४:३९


काठमाडौं । तीन दिन देखी हराएका भनिएका कान्तिपुर दैनिकका पत्रकार बलराम बनियाँ मृ’त फेला परेका छन् । बुधवार बिहान बनियाँको शव मकवानपुर जिल्लाको सिस्नेरीमा फेला परेको प्रहरीले पुष्टि गरेको छ । काठमाडौंको बल्खुबाट उनलाई वाग्मतीले बगाएको अनुमान गरिएको थियो। महानगरीय अप’राध महाशाखाका एसएसपी दीपक थापाले शव भेटिएको पुष्टि गरेका छन्।

कान्तिपुर पब्लिकेसनले तीन दिनदेखि पत्रकार बनियाँ हराएको भन्दै प्रहरीमा खोजीका लागि निवेदन दर्ता गरेको थियो। आज बिहान कान्तिपुर पब्लिकेसनले यस्तो निवेदन दिएको बताइएको छ । शव फेला परेपछि कान्तिपुरको अनलाइन संस्करणले पनि उनको निधन भएको समाचार प्रकाशित गरिसकेको छ।

पत्रकार बनियाँ हराएपछि महानगरीय अपराध महाशाखाको टोली पनि खोजीमा परिचालित भएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरका अनुसार बुधबार बिहान कान्तिपुर दैनिकले उनी तीन दिनदेखि सम्पर्कमा नरहेको भन्दै उजुरी गरेको थियो ।

आज बिहानमात्र लिखित रूपमा कान्तिपुरले उजुरी गरेपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो । प्रहरी स्रोतका अनुसार सिसिटिभी फुटेज र एक जना प्रहरीले सोमबार बानियाँलाई बल्खु चोकमा देखेका थिए। प्रहरीले उनीसँग केहीबेर सोधपुछ गरेका थिए। तनुहँ स्थायी घर भएका बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए। केही समय उनले नागरिक दैनिकमा पनि काम गरेका थिए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex