कोरोना संक्रमितको मलामी गएपछि पूर्वमन्त्री तामाङ सेल्फ क्वारेन्टाइनमा

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार १५:००


काठमाडौं । कोरोनाका कारण निधन भएका ब्यक्तिको मलामी गएका कारण पूर्वमन्त्री एवं सांसद शेरबहादुर तामाङ सेल्फ क्वारेन्टाइनमा बसेका छन्। उनले आफु सेल्फ क्वारेन्टिनमा बसेको जानकारी सामाजिक सञ्जाल फेसवुक मार्फत दिएका छन् ।

पूर्वमन्त्री एवं काँग्रेस नेता मोहन बस्नेतका बुवाको निधन भएपछि संस्कारमा सहभागी भएका थिए । बस्नेतको अन्तिम संस्कारमा पूर्वमन्त्री शेरवहादुर सहित १५ सय ब्यक्ति मलामी गएका थिए । सामाजिक सञ्जाल फेसबुकमा तामाङले मृत्यु संस्कारमा सहभागी भएपछि पीसीआर टेस्ट गरिएको र सेल्फ क्वारेन्टाइनमा बस्न शुरु गरेको बताएका हुन्।

‘स्वास्थ मन्त्रालयले नाम नभन्ने नीतिअनुरुप बुलेटिन दिएपनि बस्नेतजी कै पितासँग मिल्दोजुल्दो समाचार रहेछ,ु तामाङले लेखेका छन्, ‘सोही कारण केहीदिन घरमै छुट्टै ढंगले क्वारेन्टाइनमा बस्ने निधो गरेको छु। पीसीआर टेस्टको रिपोर्ट हेरेपछि मित्रहरुलाई जानकारी गराउँला।’

साउन २२ गते पूर्वमन्त्री बस्नेतका बुवा खड्गप्रसाद बस्नेतको ८४ वर्षको उमेरमा मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको थियो। मृगौलाले काम नगरेका कारण निधन भएका उनको वुवाको अन्तिम संस्कारमा ठूलो सहभागीता थियो । त्यतीबेला सम्म उनलाई कोरोना पुष्टि भएको बताइएको थिएन ।

स्वास्थ्य मन्त्रालयले हिजोको नियमित प्रेस ब्रिफिङमा कोरोनाका कारण उनको निधन भएको जनाए पछि अहिले धेरैमा त्रा स छाएको छ । पूर्वमन्त्री बस्नेतले भने अस्पतालकै सहमतिमा सिन्धुपाल्चोकमा अन्तिम संस्कार गरेको बताएका छन्। अन्तिम संस्कारमा भिड देखिएको भन्दै कतिपयले भने सामाजिक सञ्जालमा पूर्वमन्त्री बस्नेतको चर्को आलोचना गरेका छन्।

पूर्वमन्त्री शेरवहादुरले अन्तिम संस्कारमा सहभागी हुनु सामाजिक संस्कार भएका कारण विरोध गर्नुको कुनै तुक नभएकोब बताएका छन् । उनले लेखेका छन्,’ जोजो यस कार्यमा संलग्न हुनुभयो कसैले आत्तिनु पर्दैन। केही सावधानी भने अपनाउन हार्दिक अपिल गर्दछु ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex