क्यानडाबाट आयो दुखद खबर : ३ वर्षीय नेपाली बालकको दुर्घटनामा निधन, बुवा र दिदी घाइते

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार १६:३६


काठमाडौँ । एक वृद्धाले चलाएको कारको ठक्करवाट क्यानडामा नेपाली बालकको निधन भएको छ । उनको बुवा र दिदी घाईते भएका छन् । बुवासंग कारमा बजार निस्केका उनको सवारी दुर्घटनामा निधन भएको हो । क्यानडाको इटोविको निवासी रमेश भट्टराई र सविना पाठकका छोरा रायनको सवारी दुर्घटनामा परि ज्यान गएको हो ।

उनीहरु चढेको कारलाई अर्को एउटा कारले ठक्कर दिएको थियो । रमेश आफ्ना छोरा र छोरी तारालाई लिएर घुम्न निस्केको बेलामा उक्त दुर्घटना भएको छ । आमा भने घरमै रहेका कारण दुर्घटनावाट बचेकी छन् । तीन वषएका बालक रायनको घटनास्थलमै निधन भएको हो । बुवा र दिदी घाइेत भएका थिए । उनीहरु अहिले उपचार पछि घर फर्कीएका छन् । एनआरएनए क्यानडाले घटनावारे दुख ब्यक्त गरेको छ ।

एनआरएनए क्यानाडाका महासचिव पिताम्बर भट्टराईले यसवारे जानकारी दिँदै एक जना वृद्ध महिलाले चलाएको कारले उनीहरुको कारलाई ठक्कर दिएको हो । भट्टराई परिवार नेपालको चितवनका स्थायी निवासी हुन् ।ट्राफिक सिग्नलमा क्रस गर्ने क्रममा वृद्ध महिलाले गलत सिग्नल दिएका कारण दुर्घटना भएको हो ।

एक स्थानीय ८२ वर्षीया वृद्धाले चलाएको कारले गलत सिग्नल दिएको थियो । ठक्कर दिने ती वृद्धाले एक दिशातर्फ जाने ‘इण्डिकेटर’ दिएर कार अर्कै तर्फ मोडेकी थिइन् । जसका कारण दुर्घटना भएको महासचिव भट्टराईले बताएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex