काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि घिमिरेको अवसानबाट नेपालले साहित्य र वाङ्मयका एक विशिष्ट साधक गुमाएको बताउनुभएको छ । उहाँले पनि आज साँझ ट्वीट गर्दै साहित्यमार्फत घिमिरेले मुलुकलाई लगाउनुभएको गुण नेपाली जनताले कहिल्यै नभुल्ने जनाउनुभएको छ ।
राष्ट्र कवि माधवप्रसाद घिमिरेकाे १०२ बर्षकाे उमेरमा आज दुःखद निधन भएकाे छ । उहाँकाे अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ। साहित्य मार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन्।
राष्ट्र कवि माधवप्रसाद घिमिरेकाे १०२ बर्षकाे उमेरमा आज दुःखद निधन भएकाे छ । उहाँकाे अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ। साहित्य मार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन्।…+ pic.twitter.com/G66wwJ6t2C
— K P Sharma Oli (@kpsharmaoli) August 18, 2020
यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद् निधनको खबरले आफू स्तब्ध भएको बताउँदै उहाँप्रति श्रद्धाञ्जलि एवं शोकविह्वल परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । आज साँझ ट्वीट गर्दै राष्ट्रपतिले काव्य र कविताका माध्यमबाट राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा उहाँले पु¥याउनुभएको योगदानलाई सधैँ सम्झिरहने बताउनुभएको छ ।
राष्ट्रकविको नेपाली साहित्यमा कालजयी योगदान छः मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज साँझ भएको निधनमा दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जलि दिनुभएको छ । गण्डकी प्रदेशको लमजुङ जिल्ला, मस्र्याङ्दी गाउँपालिकाको पुस्तुनमा विसं १९७६ असोज ७ गते घिमिरेको जन्म भएको थियो ।
आज साँझ वक्तव्य जारी गरी मुख्यमन्त्रीले उहाँको योगदान नेपाली साहित्यमा कालजयी भएको बताउनुभएको छ ।
मुख्यमन्त्री गुरुङले घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार भएको जनाउँदै सन्देशमा भन्नुभएको छ, “बाल्यावस्थादेखि निरन्तररुपमा नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउँदै आउनुभएका बहुप्रतिभाका धनी राष्ट्रकवि घिमिरेले साहित्यका माध्यमबाट आधुनिक नेपाली जनमानसमा राष्ट्रप्रेम र प्रकृतिप्रेमको भावना जागरण गराउन प्रमुख भूमिका निर्वाह गर्नुभएको थियो ।” मुख्यमन्त्री गुरुङले दुःखका यस क्षणमा दिवङ्गत राष्ट्रकविप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार एवंं आफन्तजनप्रति समवेदना प्रकट गर्नुभएको छ भने गण्डकी प्रदेश सरकारका तर्फबाट उच्च सम्मानसमेत प्रकट गर्नुभएको छ ।