राष्ट्रकविको निधनमा बामदेव गौतमको हस्तलिखित श्रद्धाञ्जली, राष्ट्रलाई ठूलो क्षती पुगेको भन्दै दुख ब्यक्त



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनले राष्ट्रलाई क्षति पुगेको बताएका छन् । मंगलवार  आज भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उनले राष्ट्रकवि घिमिरे नेपालको राष्ट्रको साहित्यिक धरोहर हुनुहुन्थ्यो भन्दै उनका अमर कृतिमा घिमिरे पनि सधै वाँचिरहने भावना ब्यक्त गरेका छन् । हस्तलिखित श्रद्धाञ्जली सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै नेता गौतमले शोकमा रहेका परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

राष्ट्रकवि घिमिरेको आज १०१ बर्षको उमेरमा आज आफ्नै निवासमा निधन भएको हो । नेता गौतमले लेखेका छन्, उहाँको निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको छ । घिमिरे उहाँका कृतिहरुमा संधै बाँचिरहनुहुनेछ ।

उनको जन्म विसं १९७६ असोज ७ गते भएको हो । स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्। उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख ९प्रबन्धजस्ता अनेकौं विधा उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा हुन्।

उनको जन्म लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको हो । जन्मिएको तीन वर्षमा उनकी आमा बितिन। ६ वर्ष हुँदा अक्षर चिनेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरे। ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा (लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथमा उत्तीर्ण गरे। त्यसपछिको अध्ययनका लागि उनी बनारस पुगे। घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका थिए ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्