ताजा खबर काठमाडौँ । दिपक-दीपाले बनाएको फिल्म ‘छक्का पन्जा’ अहिले देशभर सफलताका साथ प्रदर्शन भैरहेको छ । दुई हप्ताको अवधिमै ६ करोड माथिको ब्यापार गर्न सफल फिल्म दोस्रो हप्तामा पनि पहिलो हप्ताकै रेसमा दर्शक बटुलिरहेको छ ।
‘छक्का पन्जा’ले ब्लकबस्टरको ब्यापार गरिरहदा फिल्मकी निर्देशक दिपाश्री निरौलाले कमेडी कलाकारको आगामी प्रोजेक्टको बारेमा बोलेकी छिन । दिपाश्रीका अनुसार कमेडी कलाकारहरुले आगामी फिल्म ‘भिनाजु रेडी छ’ भनेर जुराएको बताइन । तर यो कुरा दिपाले एक रमाइलो अन्तरवार्तामा आफ्नो विवाह नभएकोले र आफु रेडी नभएकोले कमेडी ग्यांगले जिस्काएर ‘भिनाजु रेडी छ’ भन्ने टाइटल राखिदिएको बताएकी हुन् ।
के दिपाश्री र कमेडी कलाकारले जिस्काएर राखेको यो नामको फिल्म बन्ला त ? यदि ‘भिनाजु रेडी छ’ फिल्म यथार्तमा पनि बन्यो भने कस्तो बन्ला त ?
हेर्नुस ‘छक्का पन्जा’ टिम सम्मको रमाइलो कुराकानी :-