अन्तराष्ट्रिय खेलमा क्रिष्टियानो रोनाल्डोको १०० गोल पूरा, तालिकामा मेस्सी भन्दा सुनिल क्षेत्री माथि

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार १२:३६


काठमाडौ । युभेन्ट्सका फरवार्ड तथा पोर्चुगलका राष्ट्रिय खेलाडी क्रिस्टियानो रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा भएको छ । अब उनी आफ्नो देशका लागि १०० गोल गर्ने युरोप भरीमा खेलाडी भएका छन् ।

अब उनी सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने इरानका अली दाइको नाममा रहेको कीर्तिमानबाट ८ गोल मात्र टाढा छन् । अलीले सन् १९९३ देखि २००६ बीच १०९ गोल गरेका थिए । बिश्वमा अहिले सम्म १०० बढि अन्तर्राष्ट्रिय गोल गर्ने यी मात्र दुई खेलाडी हुन् ।

रोनाल्डोको पछाडि रहेका भारतका सुनिल क्षेत्री लियोनल मेस्सी भन्दा अगाडि छन् । यी भारतीय कप्तानले अन्तराष्ट्रिय खेलमा ७२ गरेका छन् । तर अर्जेन्टिनाका लिओनल मेसीको नाममा ७० गोल मात्र छ । एसियाली अन्य खेलाडीहरुमा मोख्तार दयारीको नाममा ८६, इराकमा हसन सइदको नाममा ७८ गोल रहेको छ । यस्तै साउदी अरेबिया, कुवेत जापान र थाइल्याण्डका एक एक खेलाडीले समेत ७० बिढ अन्तराष्ट्रिय गोल गरिसकेका छन् ।

हालै भएको खेलमा रोनाल्डोकै दुई गोल मद्दतमा पोर्चुगलले युइएफए नेशन्स कप अन्तर्गत लिग ए को समूह ३ को खेलमा स्वीडेनलाई २ ० ले पराजित गरेको हो । ३५ वर्षीय युभेन्ट्सका फरवार्ड रोनाल्डोले ४५औं मिनेटमा पहिलो गोल गर्दै १०० गोल पूरा गरे । ८१ मिनेट मैदानमा रहेका उनले ७२औं मिनेटमा दोस्रो गोल गरे । यस संगै उनको १०१ अन्तर्राष्ट्रिय गोल भएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex