नेपालमा यो कुखुराको जोडी चल्लालाई पाँच हजार !

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार १८:१८


दुई वर्षअघि रैथाने साकिनी जातको कुखुरापालन व्यवसाय थालिएको ‘सापकोटा कृषि फार्म’मा अहिले दशथरी पन्छी छन् । आठ कुखुरा र दुई चरा प्रजातिका । कुनै स्थानीय त कुनै आयातित । सबै गर्दा सङ्ख्या सात सय बढी छ ।बागलुङ नगरपालिका–३ रातामाटास्थित फार्मका सञ्चालक बैकुण्ठ सापकोटाका अनुसार स्थानीय जाततर्फ साकिनी, उल्टे, घाँटीखुइले र गुजुमुजे कुखुरा छन् । आयातित प्रजातिमा कडकनाथ, बेन्टम, सिल्की र पोलिस कुखुरा छन् ।

यस्तै चरा प्रजातिका बट्टाइ र टर्की पनि पालिएको छ । कडकनाथ भारतीय, बेन्टम जापनीज र सिल्की चिनियाँ प्रजातिको कुखुरा भएको उहाँ बताउनुहुन्छ । “बेन्टम, सिल्की र पोलिस बढीजसो सौखका लागि पाल्ने चलन छ”, उहाँले भन्नुभयो ।सापकोटाकाले व्यावसायिक रुपमा चल्ला उत्पादन गरेर बेच्ने ध्येयले विदेशी प्रजातिका कुखुरा पाल्नुभएको हो । फार्ममा चल्ला निकाल्ने ह्याचरी पनि छ । “मासुका लागि भन्दापनि चल्ला बेच्ने उद्देश्य हो”, उहाँले भन्नुभयो, “काठमाडौँ, पोखरालगायतका ठाउँमा यी कुखुराको बढी माग छ ।”

महिनादिन पुगेका पोलिस र सिल्की कुखुराको जोडीलाई पाँच हजार पर्ने उहाँको भनाइ छ । यस्तै दुई महिनाका जापनीज बेन्टम कुखुराको जोडीलाई रु. चार हजार पर्छ । “यी कुखुराको चल्ला नै एकदम महँगो छ, हेर्दा पनि आकर्षक हुने हुनाले सौखिन व्यक्तिले घरमा लगेर पाल्छन्”, उहाँले भन्नुभयो ।स्थानीय जातका कुखुरासँगै कडकनाथ, बट्टाइ र टर्की भने मासुका लागिसमेत फार्मबाट बिक्री भइरहेको छ । भारतीय जातको कडकनाथ प्रतिकिलो दुई हजारसम्म बेचेको सापकोटाले सुनाउनुभयो । कडकनाथको अण्डासमेत महँगोमा बिक्री हुन्छ । यो कुखुरा स्वाद र स्वास्थ्यका दृष्टिले उपयुक्त मानिन्छ ।

पछिल्लो समय बट्टाइ पनि मासु र अण्डाका लागि व्यावसायिक रुपमा पाल्न थालिएको छ । यसको मासु र अण्डालाई शक्तिबद्र्धक मानिन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने विश्वास गरिन्छ । “बट्टाइ रु. तीन सय, चल्ला रु. ५० र अण्डा रु. १० मा बिक्री भइरहेको छ”, सापकोटाले भन्नुभयो, “एक दिने टर्कीको चल्लालाई भने तीन सय ५० पर्न जान्छ, मासुका लागि बेच्दा पनि महँगो छ ।”बट्टाइ पाँच हप्तापछि मासुका लागि प्रयोग गर्न योग्य हुन्छ । दुई वर्षसम्म बाँच्ने बट्टाइले झण्डै तीन सयसम्म अण्डा दिने गर्छ । त्यसपछि भने पोथी बट्टाइलाई पनि मासुका रुपमा बेच्न सकिने उहाँले बताउनुभयो । उहाँले शुरुमा काठमाडौँ र पोखराबाट चल्ला ल्याएर पन्छी पालन थाल्नुभएको हो ।

स्थानीय साकिनी जातको कुखुरापालनबाट छोटो अवधिमा सफलता मिलेपछि नयाँनयाँ जातका कुखुरा र पक्षीपालनमा रुची जागेको व्यवसायि सापकोटाले उल्लेख गर्नुभयो । उहाँले फाइटर जातको कुखुरा पनि छिट्टै ल्याउन लागेको सुनाउनुभयो । आफ्नै लगानीमा ह्याचरी सञ्चालनमा ल्याएपछि व्यवसाय थप विस्तार भएको उहाँको भनाइ छ । यसअघि अण्डा काठमाडौँको ह्याचरीमा पठाएर चल्ला ल्याउनुपर्ने उहाँको बाध्यता थियो । ह्याचरीमा १०५६ अण्डा राख्न मिल्छ । २१ दिनमा ह्याचरीबाट चल्ला निस्कन्छ । शुल्क तिरेर अरु कुखुरापालक किसानले पनि ह्याचरीमा चल्ला उत्पादन गर्न थालेका छन् ।ह्याचरीमा रु. तीन लाख लगानी भएको उहाँले बताउनुभयो ।

त्यसअघि कुखुराको खोर निर्माणमा भेटेरिनरी अस्पताल तथा पुश विज्ञ सेवा केन्द्रले रु. दुई लाख ३६ हजार अनुदान दिएको थियो । व्यवसाय प्रवद्र्धनमा सापकोटालाई छोरा निशानको दरिलो साथ छ । व्यवस्थापकीय कामदेखि अण्डा र चल्लाको बजारीकरणमा उहाँ बुबासँगै खट्नुहुन्छ । पोखरा, काठमाडौँ, रसुवालगायतका ठाउँबाट स्थानीय जातका चल्लाको माग आउने गरेको निशानले बताउनुभयो । पछिल्लो समय स्थानीय जातका कुखुरापालनतर्फ किसानको आकर्षण बढेको छ । ती कुखुराको मासु, अण्डा स्वादिष्ट र स्वस्थकर हुने हुँदा उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्थानीय जातको ज्यूँदो कुखुरा प्रतिकिलो रु. आठ सय, अण्डा रु. १५ र एक साताको चल्ला रु. एक सय २५ मा बिक्री हुन्छ । स्थानीय जातको कुखुरा हुर्कन समय लाग्ने हुँदा पाँच÷छ महिनापछि मात्र बेच्न योग्य हुन्छ । उन्नत जातका कुखुरालाई नियमित भ्याक्सिन, औषधि खुवाउनु नपर्ने सापकोटाको भनाइ छ । कुखुरापालनबाट मासिक रु. ५० हजारसम्म मुनाफा निकाल्न सापकोटा सफल हुनुभएको छ । लगानी बढाएर कुखुरापालन व्यवसायलाई थप व्यवस्थित र विस्तार गर्ने उहाँको योजना छ । कुखुरापालनसँगै सापकोटाले तीन रोपनी क्षेत्रफलमा प्राङ्गारिक तरकारी खेती गर्दै आउनुभएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex