गजल, यो दिलभित्र अनेक थरि बिचार हुन्छ



यो दिलभित्र अनेक थरि बिचार हुन्छ ।
अब आफ्नैबाट मन मुटुमा प्रहार हुन्छ ।।

दुखेको दिल फुटेको ऎना एउटै हो
जति जोड्न खोजे पनि दरार हुन्छ ।।

प्रेम एउटा रोचक खेल जस्तै भएको छ
यो खेलमा सम्झौता हुन्छ करार हुन्छ ।।

ए महाराज त्यो महलको घमण्ड नगर
रैतीलाई पनि आफ्नो घर दरबार हुन्छ ।।

बनावटीझैं लाग्छ मलाई त्यो तिम्रो चेहरा
बहुरुपी भइदिन्छ चेहरा जब श्रृङ्गार हुन्छ ।।

भन कुन चाहिँ अदालतमा मुद्दा हाल्छौ
जब प्रकाश दिल चोरेर फरार हुन्छ ।।
प्रकाश पौडेल
बर्दिया

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्