ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भन्यो,‘ओली सरकार आएदेखि नै भ्रष्टाचार बढ्यो’

प्रकाशित मिति : २८ भाद्र २०७७, आईतवार १९:५९


काठमाण्डौ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार बनेदेखि नै देशमा भ्रष्टाचार बढेको आरोप लगाएको छ । नेपालले ओली सरकारको संरक्षणमा भ्रष्टचारीहरु बढेको र भ्रष्टाचार मौलाएको आरोप लगाएको छ ।

पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयल निगमको जग्गा खरिद प्रकरणको फाइल तामेलीमा राखेपछि ट्रान्सपरेन्सी इन्टरनेशनलले यस्तो आरोप लगाएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष खेमराज रेग्मीले प्रधानमन्त्रीको ओठे प्रतिबद्धता र व्यवहारका कारण भ्रष्टाचारीहरु संरक्षित भएको बताए । बालुवाटार जग्गा प्रकरण, सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, ओम्नी प्रकरणमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले उहाँको संरक्षणमा भ्रष्टाचार मौलाएको पुष्टि हुने उनले बताए ।

सेक्युरेटी प्रिन्टिङ प्रकरणमा लेनदेनको अडियो सार्वजनिक हुँदा पनि मन्त्रीले कुनै गल्ती गरेको छैन भनेर ढाकछोप गर्नु र ओम्नीलाई कानुन विपरीत एक मन्त्रीको सल्लाहकारले रातारात दिएको ठेक्का कानुन विपरीत रहेको अध्यक्ष रेग्मीले बताए । अध्यक्ष रेग्मीका अनुसार प्रधानमन्त्रीका नजिक रहेका राजनीतिककर्मी र कर्मचारी तहमा भएका मानिसहरुले मनपर्दि र खुलेआम भ्रष्टाचार गरि रहेका छन् । दोषीमाथि कडा सजायको माग दाबी गरी मुद्दा दायर गर्नु भन्दै अध्यक्ष रेग्मीले प्रधानमन्त्रीले त्यसो नगरेको हुनाले यस विषयमा ट्रन्सपरेन्सी इन्टरनेशनल नेपालको ध्यानकर्षण भएको उनले बताए ।

अध्यक्ष रेग्मीले अख्तियार प्रमुखसमेत सरकारको नीति निर्देशनअनुसार काम कारिन्दाका रुपमा परिचित हुँदै गएको बताए । अख्तियारका पछिल्ला कदमहरुले अख्तियारको औचित्य छ कि छैन भनेर शङ्का उब्जाएको छ । ठूला भ्रष्टाचारका मुद्दाहरु ‘तामेली’ मा राख्दै जाने प्रवृत्तिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको औचित्य समाप्त हुने भन्दै उनले यस विषयमा सबै जना सचेत हुनुु पर्ने पनि बताए ।

आयल निगमको जग्गा खरिद प्रकरण, वाइडबडी जहाज खरिद प्रकरण, न्यारोबडी जहाज खरिद प्रकरण, नेपाल ट्रस्टको जग्गाहरु यति कम्पनीलाई लिजमा दिएको प्रकरण, सेक्युरिटी प्रेस खरिद सम्बन्धमा तत्कालीन मन्त्रीको अडियो प्रकरण र स्वास्थ्य सामग्री खरिदमा ओम्नी समूहद्वारा गरिएको व्यापक अनियमिततासम्बन्धी प्रकरणका मुद्दाहरुमा अविलम्ब अनुसन्धान प्रक्रिया सम्पन्न गरी दोषीलाई कारबाही गर्नुको सट्टा फाइल तामेलीमा राखेर बन्द राखेको प्रति अध्यक्ष रेग्मीले आफु दुःखी भएको बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex