प्रशासनको आदेश पालना नभए काठमाडौमा पुन लकडाउन

प्रकाशित मिति : २८ भाद्र २०७७, आईतवार २१:०३


काठमाडौ । निषेधाज्ञा हटाइएको अवस्थामा सरकारको आदेश विपरित व्यापार सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं अनुरोध गरेको छ । कोरोनाको जोखिम कायमै रहेकाले आदेश अनुसार नियम पालना गर्न प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयका काठमाडौं प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यस्तो आग्रह गरेका हुन् ।

उनले लामो समयको लकडाउन र निषेधाज्ञाका कारण अप्ठेरोमा परेका ब्यवसायी र सर्वसाधारणलाई सहज होस् भनेर प्रशासनले निषेधाज्ञामा परिवर्तन गरी व्यापार गर्ने वातावरण बनाइदिएको बताउँदै आदेश विपरित व्यापार, व्यवसाय सञ्चालन गरे फेरि बाध्य भएर लकडाउन गर्नुपर्ने बताएका छन् ।

सरकारले कोरोना फैलन नदिन ब्यवस्थित भएर ब्यवसाय संचालनको निर्देशन दिएको भन्दै पालना गर्न आग्रह गरेका छन् । उनले निर्देशन पालना नभएर कोरोना फैलने जोखिम बढ्दै गए फेरी लकडाउन गर्ने चेतावनी दिएका छन् । सरकारको लागि आदेश मान्नु भन्दा पनि आफनो र समाजको लागि कोरोना नफैलियोस भनेर मान्न जरुरी रहेको उनको सुझाव छ ।

आदेश पालना गरे नगरेको विषयमा बजारमा अनुगमनको साथै रिर्पोटिङ भईरहेको समेत प्र।जि।अ। दाहालले बताए । कुनै व्यापारीले सरकारको आदेश विपरीत काम गरेको भए त्यस्ता व्यापारीलाई कारवाही समेत गरिने उनले बताएका छन् ।

नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गरी अत्यावश्यक वस्तु वा सेवा मध्ये खाद्यान्न वस्तु, दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु विक्री वितरण गर्ने पसलहरु विहान ११ बजेसम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म खोल्न सकिनेछ ।
काठमाडौँ उपत्यका भित्र विकास निर्माणसँग सम्बन्धित सामग्री विक्री वितरण गर्ने पसल तथा व्यवसायका साथै सोको ढुवानीका लागि प्रयोग हुने सवारी साधन दिउँसो २ बजे देखि बेलुका ७ बजे सम्म खोल्न पाइने भएको छ ।

टेक अवे सेवाको साथै अनलाइन डेलिभरी सेवा उपलब्ध गराउन स्वास्थ्यको मापदण्ड पालना गरी गराई दिउँसो १२ बजे देखि बेलुका ७ बजे सम्म सञ्चालन गर्न सकिनेछ । सहकारी संस्थाहरु विहान ११ बजे देखि दिउँसो ३ बजे सम्म सञ्चालन गर्न पाइनेछ ।

सपिङ्ग मल, फेन्सी स्टोर, कपडा, जुत्ता पसल, कस्मेटिक पसल लगायत पसलहरु स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ । भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार, र शुक्रबार मात्र खोल्न सकिनेछ । फर्निचर र अटोमोबाइल सम्बन्धी पसल सातामा सोमबार र बुधबार खोल्न पाइनेछ ।

फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, ईलेक्ट्रिनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु विहान ११ बजे सम्म र बेलुकी ४ बजे देखि ७ बजे सम्म खोल्न पाइनेछ ।सवारी साधन मर्मत सम्बन्धी वर्कसप विहान ८ बजे देखि बेलुकी ८ बजेम्म सञ्चालन गर्न सकिनेछ ।

उद्योग, कलकारखाना सञ्चालन गर्दा कामदारहरुको खाने बस्ने व्यवस्थाका लागि अनिवार्य रुपमा उद्योग परिसरमै क्याम्पमा राख्ने व्यवस्था सामग्री सम्बन्धित उद्योग, कलकारखाना आफैँले प्रबन्ध गर्नुपर्ने छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रोटोकल अनुसार अनलाइन कक्षा सञ्चालन गर्नसकिने कुरामा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex