दुर्घटनामा परेका क्रिकेटका राष्ट्रिय खेलाडी भण्डारीको यस्तो छ पछिल्लो अवस्था

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार ०९:३१


काठमाडौ । दुर्घटनामा परेर घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललितसिंह भण्डारीको स्वास्थ्य लाभको कामना गर्दै क्रिकेट खेलाडीहरुले सामाजिक सञ्जाल मार्फत अभिब्यक्ति दिएका छन् । उनको अहिले बांकेको कोहलपुर स्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको हात र खुट्टाको शल्यकृया गर्नुपर्ने उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । चिकित्सकले उनी अब खतरा बाहिर रहेको छ ।

नेपालका क्रिकेटर तथा खेल प्रेमीहरुले उनको स्वास्थ्यलाभको कामना गरेका छन् । राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का, खेलाडी सन्दीप लामिछाने लगायतका खेलाडीहरुले स्वास्थ्यलाभको कामना गरेको छ । नेपाल क्रिकेट संघले उनको पछिल्लो अवस्थावारे सामाजिक सञ्जाल मार्फत जानकारी दिइरहेको छ ।

आइतबार झलारी बजारमा ललित र उनका नातेदार करण ठगुन्ना सवार मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा ललित गम्भीर घाइते भएका थिए । अचेत अवस्थामा रहेका ललितलाई धनगढीको निसर्ग अस्पताल हुँदै गएराती नै बाँकेस्थित कोहलपुर शिक्षण अस्पतालमा उपचार ल्याइएको छ । ललितलाई आइतबार राती ११ बजे धनगढीबाट कोहलपूर ल्याइएको हो । दुर्घटनामा परि ललितको दायाँ हात, खुट्टा, टाउको र छातीमा चोट लागेको थियो ।

नेपाली फ्रेन्चाइज लिग र घरेलु क्रिकेटमा उत्कृष्ट प्रर्दशन गर्दै आएका बायाँ हाते तीव्र गतिका बलर ललितले पछिल्लो समय चोटकै कारण राष्ट्रिय टोली बाहिर थिए । ललित घरेलु क्रिकेट नेपाल पुलिसबाट खेल्ने गर्दछन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex