नेकपाका वरिष्ठ नेताले गरे घोषणा : ‘कुलमानको नियुक्ति फेरि हुन्छ’

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार १४:३०


काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा चार वर्ष पुरा गरेका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुन नियुक्त गर्न भन्दै सर्वसाधारणले दवाव दिएका छन् । सामाजिक सञ्जालमा पनि कलाकार देखि सर्वसाधारणले आवाज उठाएका छन् । आइतवार राती देखि कुलमानको कार्यकाल सकिएको छ । आजवाट प्राधिकरण नेतृत्व विहिन भएको छ ।

कार्यकाल सकिदा सम्म पनि सरकारले उनलाई पुन नियुक्ति नदिएका कारण सर्वसाधारणमा अन्यौलता भएको बेलामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एकजना वरिष्ठ नेताले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्ति हुने बताएका छन्।

घिसिङको पुनर्नियुक्तिबारे अन्योल भइरहेका बेला सचिवालय सदस्यसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक संजालमार्फत घिसिङको पुनर्नियुक्ति हुने विश्व‍वास व्यक्त गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको अनिच्छाका कारण कुलमानलाई नियुक्त गर्ने विषयमा ढिलाई हुँदै गएको भन्दै समाचार प्रकाशन भएका छन् । सोमवार सम्म पनि नियुक्त नहुँदा थप अन्यौलता बढेको हो ।

तर सरकारको नेतृत्व गरिरहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्ति हुने विश्वास व्यक्त गरेका छन् । श्रेष्ठले सोमबार ट्‍वीटरमा लेखेका छन्‘विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ ।

उनले उर्जा क्षेत्रमा जे जति योगदान पुर्‍याएका छन्, त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन् । नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आवश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा विश्वस्त छु।’ प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिबारे छलफल गर्न सोमवार मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex