घटना बढेपछि पाकिस्तानी प्रधानमन्त्रीले बला’त्का’र रोक्न यस्तो दिए सुझाव

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलवार १४:१२


३० भदौ (एजेन्सी) । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले महिला माथि अनैतिक काम गर्ने जो कोहीलाई सार्वजनिक चोकमा झु’ण्ड्या’एर मा’र्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा सो धारणा राखेको समाचारमा जनाइएको छ ।

उनले भने, त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झु’ण्ड्या’उनुपर्छ र यस्तो अनैतिक कार्य गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रुपमा नै देखाउनुपर्छ । सो अन्तर्वार्ताका क्रममा उनले सो धारणा राखेको अलजाजिरा मिडियाले जानकारी दिएको छ । उनले बला’त्का’रीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने धारणा राखेका थिए।

पाकिस्तानमा गत हप्ता एक महिला उनका आफ्ना बच्चाकै अगाडि लाहोरको एक सडकमा सामुहिक करणीमा परेकी थिइन् । त्यसपछि पाकिस्तानमा यस्तो अनैतिक काम गर्नेलाई गर्ने कारबाहीका विषयलाई लिएर विभिन्न खालका प्रतिक्रियाहरु आइरहेका छन् । यसै विषयमा प्रधानमन्त्री खानलाई पनि पाकिस्तानमा करणीमा संलग्न हुने व्यक्तिलाई के कस्तो खालको कारबाही गर्नुपर्छ भनी सोधिएको प्रश्नमा सो जवाफ दिएका हुन् ।

गत हप्ता पञ्जाव प्रान्तको लाहोर शहरनजिकै आफ्नो कारमा रहेकी ती महिलालाई जब’र्ज’स्ती कार रोकेर उनको कारमा समेत तो’डफो’ड गरी कारबाट सडकमा निकालेर करणी गरिएको थियो । त्यसपछि उनका गरगहना पनि लु’टिएको थियो । यस घटनापछि पाकिस्तानका विभिन्न शहरमा सरकारले सुरक्षा दिन नसकेको भन्दै विरोध प्रदर्शनहरु भएका छन् ।

महिलामाथिका यस्ता हिं’साको अन्त्य गर्दै अनैतिक काम गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै ती विरोध प्रर्दशनहरु भएका हुन् । त्यस घटनामा संलग्न भएको आशंकामा लाहोर प्रहरीले दुई जनालाई प’क्राउ गरेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex