प्रहरीको बिशेष अनुसन्धान व्युरोका डिएसपी सहित २६ प्रहरी संक्रमित

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलवार १५:३४


काठमाण्डौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पनि कोरोना पसेको छ । त्यहाँ कार्यरत २६ जना कोरोना पुष्टि भएको छ । विशेष प्रकृतिको अपराध अनुसन्धान गर्ने सिआइबीमा यति धेरै संख्यामा संक्रमित भएको समाचार आएको हो ।

एकजना प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित २६ जनालाई कोरोना पुष्टि भएको हो । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उक्त पुष्टि भएको बताइन्छ ।

ठूलो संख्यामा अनुसन्धान अधिकारीहरुलाई कोरोना देखिएपछि कन्ट्याक ट्रेसिङ गरेर थप परीक्षण थालिएको ब्युरोका एक अधिकृतले जानकारी दिए । अन्य प्रहरी युनिट झैँ सर्वसाधारणको सम्पर्क नहुने ब्युरोमा कोरोना फैलिएको पाइएपछि प्रहरीबाट यसबारे चासो ब्यक्त गरिएको छ ।

यसैबिच कोरोना फैलिन नदिन अस्पतालमा जाँदा बिरामीको साथमा एक कुरुवा मात्र पठाउनुपर्ने, कुरुवा फेरिन नहुने, अस्पतालमा उपचारका लागि गएका र कुरुवा बसेका व्यक्तिहरु कम्तीमा एक हप्ता होम क्वारेन्टिन पालना गरी बस्ने र अन्य व्यक्तिको सम्पर्कमा नजान चितवनमा सुझाव दिइएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको कोरोनाको माध्यम अस्पताल बनेको पाइएकोले यस्तो सुझाव दिइएको हो ।

परिवारका सदस्यहरुलाई अन्य सामान्य अवस्थामा जस्तो साथीभाइसँग हिँडडुल, घुमफिर नगर्न, बजारमा घरभाडामा बस्ने व्यक्तिहरुले आफ्नो घरमा भाडामा बस्ने र घरधनी व्यक्तिहरु कोरोनाको जोखिम हुने गरी अन्यत्र आवतजावत गरे÷नगरेको यकिन गर्नुपर्ने सुझाव दिइएको छ ।

रोग रोकथामका लागि पसलमा बसेर सामान बेच्दा सामान किन्न आउने ग्राहकसँग सावधानी अपनाउन, मास्क लगाउन, पैसा लिँदा अलग्गै टोकरीमा राख्नेजस्ता व्यवस्था मिलाउन केन्द्रको सुझाव छ । सब्जीमन्डीमा हुने भीडभाड रोक्न गर्नुपर्ने, उद्योगमा बाहिरबाट कामदार ल्याउँदा स्वास्थ्य परीक्षण गराएर मात्र उद्योगमा प्रवेश गराउन, कच्चा पदार्थ ल्याउँदा र तयारी सामग्री बाहिर पठाउँदा हुने लोडअनलोडबाट कोरोना नभित्रिने गरी प्रबन्ध मिलाउनुपर्ने, विद्युत् मर्मत सेवा, सरकारी कार्यालय र बैंकहरुमा अग्रभागमा बसेर ग्राहकलाई सेवा दिने व्यक्तिको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने केन्द्रको सुझाव रहेको सदस्य दीपक तिवारीले जानकारी दिनुभयो ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको संयोजक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहितको जिल्लाको उच्चस्तरको समितिले विस्तृत अध्ययन गरेर कोरोना फैलिएको क्षेत्रको पहिचान गर्दै जिल्लावासीलाई सतर्क रहन आग्रह गरेको हो । जिल्लामा हालसम्म सङ्क्रमितको सङ्ख्या एक हजार ३०७ पुगेको छ भने १७ जनाको कोरोनाका कारण निधन भइसकेको छ । बाहिरी जिल्लाको सहित यो सङ्ख्या २९ पुगेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex