काठमाण्डौंमा जोखिम उस्तै, मंगलबार संक्रमितको संख्या हालसम्मकै उच्च

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलवार १७:०१


काठमाण्डौं । काठमाण्डौंमा कोरोनाको जोखिम झन झन बढ्दै छ । पछिल्लो २४ घन्टामा देखिएको संक्रमितको संख्याले यही कुरा पुष्टि गरेको छ । उपत्यकामा २४ घण्टामा थपिएका संक्रमित हालसम्मकै उच्च रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ६७६ जना संक्रमित थपिएका हुन् ।

काठमाडौ‌मा ५५५ ललितपुरमा ३५ र भक्तपुरमा ८६ जनालाई कोरोना पुष्टि भएको छ । आज थपिएका कुल संक्रमित मध्ये काठमाडौं उपत्यकामा ४२ प्रतिशत संक्रमित रहेका छन् । काठमाडौं जिल्लामा मात्रै थपिने संक्रमितको ३५.३८ छन् ।

यसैबिच, कोरोना भाइरसको कारण कामदार अभाव भएपछि चिनियाँ लगानीको हुवासिन सिमेन्ट उद्योगको निर्माण प्रभावित भएको छ । धादिङको बेनिघाट रोराङमा बहुर्राष्ट्रिय कम्पनी हुवासिन सिमेन्टले निर्माण गर्न लगेको राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा कोरोनाका कारण कामदार अभाव भएपछि पछिल्लो दुई महिनादेखि निर्माण पूर्णरुपमा ठप्प भएको हो ।

उद्योगमा कार्यरत चिनियाँ कामदार केही चीनमा नै रहेको र उद्योग निर्माणस्थलमा रहेका कामदारसमेत क्रमशः स्वदेश फर्केपछि निर्माण कार्यमात्रै प्रभावित भएको छैन, तोकिएको समयमा उद्योग सञ्चालनमा आउनेमा समेत आशङ्का पैदा भएको छ । कामदार अभावका कारण निर्माण कार्य पूर्णरूपमा ठप्प भएको छ । सो उद्योगमा कार्यरत चिनियाँ कामदार फर्केपछि करिब दुई महिनादेखि निर्माण कार्य ठप्प भएको हो ।

बढ्दो कोरोनाको त्रा स का कारण प्राविधिकसहितका दक्ष ३०० चिनियाँ र ६०० नेपाली कामदार घर फर्केपछि उद्योगको काम रोकिएको हो । सो उद्योगमा नेपाली र चिनियाँ गरी कूल एक हजार कामदार कार्यरत थिए । उद्योगको काम रोकिँदा स्थानीयले समेत रोजगारी गुमाएका छन् । दुई महिना अघिसम्म निक्कै चहलपहल हुने बेनिघाट रोराङ–२ ताल्दी अहिले प्रायः सुनसान बनेको छ । व्यवसायका लागि उद्योग वरिपरि स्थानीयले खोलेका पसल तथा होटेलमा ग्राहक आउन छाडेपछि स्थानीयसमेत आफ्नो लगानी डु’ब्ने त्रा समा रहेको उद्योगले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex