हिमाल चढ्न बहराइनका राजकुमारसहित १८ जना नेपालमा

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार १४:१८


काठमाडौं । बहराइनका राजकुमारसहितको टोली नेपालको हिमाल चढ्नका लागि आउन लागेको छ। बहराइन स्थित दुतावासले राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आउन लागेको जानकारी दिएको छ । उनीहरुको टोली वहराइनवाट हिडिसकेको छ । नेपालले अन्तराष्ट्रिय उडान सुचारु गर्ने निर्णय गरेपछि सो टोली नेपालका लागि प्रस्थान गरेको हो ।

भदौ १५ बसेको मन्त्रिपरिषदको बैठकले निर्णय स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्ने गरी चार्टर फ्लाइटबाट नेपाल आउन दिने निर्णय गरेको थियो। बहराइन डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेको सो टोली शेख ईशा एयरबेसको विशेष विमानबाट नेपाल आउन लागेको हो । सो टोलीले विश्वकै उच्च शिखर सगरमाथा आरोहण गर्ने लक्ष्य लिएको छ । सन् २०२१ मा सर्वोच्च शिखर आरोहण गर्नका लािग सो टोलीले अहिले लुबुचे र मनास्लु हिमाल आरोहण गर्न लागेको हो ।

पर्वतारोहणमा सहभागी हुने सदस्य तथा विमानको चालक दलका सदस्यहरू सबै जना पछिल्लो १५ दिनदेखि क्वारेन्टाइनमा बसेको पनि दुतावासले जनाएको छ । उनीहरुले स्वास्थ्य सम्बन्धि अन्य सबै मापदण्ड पनि पुरा गरेको जनाएको छ ।

बहराइनका लागि नेपाली राजदूत महामहिम पदम सुन्दास, नियोगको द्वितीय सचिव अरूणा घिसिङ, श्रम सहचारी दामोदर दाहाल लगायतले प्रस्थान पूर्व सो टोलिलाई भेटी पर्वतारोहणमा सफलताको शुभकामना दिएका थिए। भेटमा महामहिम सुन्दासले नेपाल र बहराइनबीच रहँदै आएको मित्रवत सम्बन्धमा यस आरोहणले थप आयाम प्रदान गर्ने विश्वास व्यक्त गरे।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex