एक्कासी किन काटियो टेलिकमका हजारौं ग्राहकको ब्यालेन्स

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार १०:५२


काठमाडौँ । नेपाल टेलिकमको बिलिङ प्रणालीमा समस्या आएपछि हजारौं ग्राहक प्रभावित बनेका छन् । शनिबार बिहान केही समय डेटा खरिदको बिलिङ प्रणालीमा समस्या आएको हुनाले हजारौं ग्राहकहरु प्रभावित बनेका हुन् । शनिबार बिहान डेटा खरिदको बिलिङ प्रणालीमा समस्या देखिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । अधिकारीका अनुसार केही मिनेट बिलिङ प्रणालीमा समस्या आएपछि डेटा सब्स्क्राइब गरेको भए पनि मेन ब्यालेन्सबाटै भुक्तानी जाने समस्या करिब २० हजार ग्राहकमा भएको रहेछ ।

यो समाचार तयार पार्दासम्म प्रणालीमा आएको समस्या समाधान भइसकेको निर्देशक अधिकारीले बताए । प्रणालीमा समस्या देखिएपछि उपभोक्ताको काटिउको रकम फिर्ता गरिने महाप्रबन्धक अधिकारीले बताए । उनले भने, ‘मेन ब्यालेन्सबाट काटिएको रकम पनि डेटा प्याककै दर लगाएर बाँकी रकम ब्यालेन्सको रुपमा फिर्ता गर्ने प्रक्रियामा छौं ।’

यो पनि पढ्नुहोस्

बागलुङ । बागलुङको बरेङमा आगलागी हुँदा एक घर जलेर न’ष्ट भएको छ । आगलागीमा बरेङ गाउँपालिका–३ बाटाकाचौरका सरस्वती बिकको कच्चि घर जलेर न’ष्ट भएको हो । राति २ बजे एक्कासी भएको आगलागीमा घर जलेर न’ष्ट भएको प्रहरी चौकी बरेङले जनाएको छ । घरमा आगलागी भएको देखेर भागेका बिक परिवारले ज्यान बँचाएका छन् ।

उनको घरका सबै सामान जलेको प्रहरी सहायक निरीक्षक कृष्ण अधिकारीले जानकारी दिए । स्थानीयले राति नै आगो नियन्त्रणमा लिएकाले गाउँका अन्य घरमा भने क्षति हुन पाएन । घरमा रहेका अन्नपात, लत्ता कपडा सबै जलेकाले बिक परिवारलाई छिमेकीको घरमा आश्रय दिइएको उनले बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex