म एउटा कर्मचारीको लागि सडकमा नआइदिनु होला : कुलमान घिसिङ (भिडियो सहित)

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार १३:५९


काठमाडौं ०१ असोज / नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखबाट गत मंगलबार विदा भएका कुलमान घिसिङको पुन नियुक्तिको माग गर्दै जनताहरु सडकमा निस्केका छन् । बुधबार राजधानीको विभिन्न स्थानमा घिसिङको पुन नियुक्ति माग गर्दै समर्थकहरु सडकमा उत्रिका हुन् ।

कुलमान घिसिङले एक अन्तर्वातामा एकजना कर्मचारीको लागि सडकमा नआउन अनुरोध गरेका छन् । आफू प्राधिकरणबाट बाहिरै रहेर पनि सहयोग गर्ने पनि बताउनु भयो । २०७३ साल भाद्र २९ गते प्राधिकरणको निर्देशकमा नियुक्ति भएका घिसिङको २ अघि ४ बर्षे कार्यकाल सकिएको हो । भिडियो हेर्नुहोस् :

अन्य समाचार

नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा को नियुक्त हुने भन्ने विषयले अहिले सडक तथा सामाजिक सञ्जाल भरिएका छन् । कार्यकाल सकिएर बिदा भएका कुलमान घिसिङ नै दोहोरिने संकेत ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले दिएको छ ।

बिहीबार उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन अनन्तका स्वकीय सचिव दुर्गा चापागाईंले यस विषयमा सामाजिक सञ्जालमा लेख्दै प्राधिकरणमा कुलमान नै दोहोरिने सम्भावना जीवत नै रहेको बताउनुभएको छ ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रीका स्वकिय सचिव चापागाईंका अनुसार मन्त्रालयको तर्फबाट प्रस्ताव तयार गरेर मन्त्रिपरिषद्को कार्यालयमा दर्ता भइसकेको छ । यसबारे मन्त्री वर्षमान पुनले घिसिङ नै दोहोरिने सम्भावना जीवितै रहेको बताउनुभएको छ ।

घिसिङलाई निरन्तरता दिनका लागि प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेर मन्त्री पुनले गत आईतबार नै प्रस्ताव अगाडि बढाइसकेको उहाँको भनाइ छ ।

‘उहाँहरु दुवैजनासँग सल्लाहा गरेरआईतबार नै मन्त्रालयले निरन्तरताका लागि प्रकृया पूरा गरिसकेको थियो । सोमबारको बैठकमा यसबारेमा प्रधानमन्त्रीज्यूले केही चर्चा गर्नुभएपनि प्रस्तावको रुपमा आएन,’ मन्त्री पुनले भन्नुभएकाे छ, ‘मन्त्रिपरिषदमा दर्ता भएको ऊर्जा मन्त्रालयको प्रस्ताव विचाराधीन छ । अध्ययनका लागि प्रधानमन्त्रीज्यूले केही समय लिनुभएको पनि हुन सक्छ । अहिले पनि प्राधिकरणमा कुलमानको पुनःनियुक्तिको सम्भावना जीवितै छ ।’

घिसिङको निरन्तरताका लागि प्रस्ताव तयार गरेर सोमबार अबेर विद्युतीय माध्यमबाट तथा हाल हार्ड कपी समेत मन्त्रिपरिषदको कार्यालयमा दर्ता गराइसकेको जनाइएकाे छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex