सोनिको पूर्व ब्वाइफ्रेन्ड भनिने सन्तोष पहिलो पटक मिडियामा, सोनिका श्रीमानले गरेका थिए यस्तो घिनलाग्दो कुरा (भिडियो हेर्नुस्)

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार १६:४०


काठमाडौ । धरानमा विवाह गरेको दुई महिनामै युवतीको निधन भएको घटनामा थप नयाँ कुरा बाहिर आएको छ । युवतीको निधन हुनुभन्दा अघिल्लो दिन युवतीका श्रीमानले उनको पुर्वप्रेमी भनिएका युवकसंग म्यासेन्जरमा कुरा गरेको देखिएको छ । दुई महिना अघि मात्र एक जना सिंगापुरका लाहुरे युवी माबो संग विवाह गरेकी धरानकी सुनी लिम्बु निधन भएको अवस्थामा फेला परेकी हुन् । सन्तोष लिम्बुसंग युवीले अचानक म्यासेन्जरमा एउटा म्यासेज गरे ।

युवीले श्रीमती सोनी लिम्बुको बारेमा उनका पूर्व प्रेमी भनिएका सन्तोष लिम्बुसंग कुराकानी गरेको देखिएको छ । देह त्याग गरेको बताइएको धरान ११ की २२ बर्षीया सोनी हाङ्मा लिम्बुको युवी माबोसंग असारमा विवाह भएको थियो । विवाह भएको दुई महिना नपुग्दै सोनीको श्रीमान युवोले सन्तोषसंग उनको विगतका बारेमा सोधेका थिए । युवोले सन्तोषलाई तिमी त मेरो श्रीमतीको पुर्व प्रेमी हो तिमीलाई धोका दिएर अरु केटाहरुसंग पनि सम्बन्धमा रहेको बताएका थिए ।

उनले म्यासेन्जरमा आफ्नो श्रीमती अहिले गर्भवती भएको र त्यो आफ्नो बच्चा नभएको दावी गर्दै सन्तोषलाई म्यासेज गरेका थिए । आफ्नै श्रीमतीका बारेमा त्यस्तो नराम्रो कुराकानी गरेको भोलीपल्छ सुनीले देह त्याग गरेकी हुन् । श्रीमानले विवाह लगत्तै डिभोर्स गर्न दवाव दिएको माइती पक्षको भनाई छ । अनावश्यक शंका र आरोप लगाएका कारण सोनीले त्यस्तो निर्णय गरेको भन्दै माइती पक्षले दिएको किटानी जाहेरी पछि श्रीमानको बुवा ६१ वर्षीय भीम माबो, केटाको दुई दिदी २८ बर्षीया सन्जु माबो र २५ बर्षीया विमला माबो र केटाको भाई २० वर्षीय हेमकुमार माबोलाई प्रहरीले पक्राउ गरेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex