मलमासमा भुलेर पनि गर्न नहुने यस्ता ५ काम नत्र पछुताउनु पर्ला !

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार ०९:२७


काठमाडौं । हिन्दू परम्परानुसार शुक्रवारवाट मलमास सुरु भएको छ मलमास भनेको अधिक मास पनि हो । हिन्दु धर्ममा यो अवधिमा गर्न नहुने केही काम हुन्छन् । यो वर्ष बिहीबार अपरान्ह ४ः५९ बजेदेखि शुरु भएको मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहने हिन्दु धर्मगुरुहरुले बताएका छन् । छ । मलमासको अवधिमा कुनै पनि नयाँ कामको थालनीका लागि शुभ मानिदैन ।

वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख देवमणि भट्टराईले यो अवधिमा विवाह, व्रतबन्ध, पक्षअनुष्ठान, पुराणवाचन जस्ता कार्य गर्न हिन्दु धर्ममा बञ्चित गरिएको छ ।

यसमा घरमा गरिने नियमित पूजापाठ, मन्दिर दर्शन, तिथि, बार या नक्षत्र मिलेर गर्ने योगहरु गर्न मिल्ने उनले बताए । मलमासको समयमा विवाह गरेको पहिलो वर्ष परेमा श्रीमान् श्रीमती सँगै बस्न नहुने प्रचलन रहेको छ । त्यसका पनि धार्मिक कारणहरु छन् । विवाहकै लागि वर्जित गरिएको यो समयमा नयाँ विवाहित जोडी एउटै घरको छानामा बस्न नहुने र एउटै धाराको पानी समेत खान नहुने बताइएको छ ।

मलमास चन्द्रमाको गति अनुसारको महिनाभित्र सूर्यको संक्रान्ति परेन भने यो एउटा अधिकमास हो । यसलाई मलमास भनिन्छ । अधिकमास प्रत्येक तीन वर्षमा एकपटक आउँछ । प्रत्येक राशि, नक्षत्र, महिना आदिका स्वामी छन् तर अधिक मास अर्थात् मलमासको स्वामी छैनन् ।

अधिकमास परेको महिनामा मुहुर्त जुराएर गर्नुपर्ने सम्पूर्ण कार्महरु वर्जित गरिएको छ । यो समयमा गरिएका काम सफल नहुने धार्मीक विश्वास छ । यस्तो समयमा श्राद्ध तथा पितृकार्य, विवाह, व्रतवन्ध, चूडाकर्म,सप्ताह, नवाह, महारुद्रि,शतचण्डी लगाएका कुनै पनि धार्मिककर्महरु त्यस्तै गृहप्रवेश, नयाँ कार्यको थालनी, नयाँ यात्राको शुभारम्भ समेत गर्न हुँदैन ।

नव विवाहित दाम्पत्तीहरूका लागि अधिकमास बार्नुपर्ने नियम रहिआएको छ । वैवाहिक सम्बन्धमा बाधिएपछि एक पटक सबै विवाहित महिलाहरुले अनिवार्य पहिलो अधिकमास बार्नुपर्ने नियम रहिआएको छ । यदि नबारेमा पतिलाई शारीरिक,मानसिक तथा आर्थिक कष्ट पर्ने मुहूर्त मार्तण्ड र मूहूर्तचिन्तामणि नामक ग्रन्थमा उल्लेख गरिएको छ ।

एकपटक बारेपछि अरु वर्षहरुमा मलमासपर्दा बारिरहनु नपर्ने पनि बताइएको छ । दैनिक रूपमा गर्दै आएका कर्महरू जस्तो नित्य पाठपूजा, नामाकरण लगायतका कर्महरु गर्नहुने भनेर पनि उल्लेख गरिएको छ ।

अधिकमासका अधिपति स्वामी भगवान् विष्णुलाई मानिएको छ । त्यसकारण यसलाई पुरुषोत्तममास भनर पनि भनिएको छ । पौराणिक कथाअनुसार सूर्य र चन्द्रमा बिचको सन्तुलन मिलाउनका लागि अधिकमासको गणना भएको हो ।

हरेक महिनाको मासदेवताका रुपमा नामाकरण गर्ने क्रममा अतिरिक्त रहेको महिना या मलमासको नामाकरणमा कुनै पनि देवता अधिपति हुन राजि नभएपछि ऋषि महर्षीहरुको आग्रहमा भगवान् विष्णुलाई गरिएको आग्रह पछि यस अतिरिक्त मलमासको मासदेवताका रुपमा भगवान् विष्णुलाई जिम्मा दिइएकाले पनि यसलाई यसलाई पुरुषोत्तममास भनेर भनिएको हो । विशेषगरी यस अबधिभर भगवान विष्णुको पुजा तथा आरधना गर्ने नियम रहिआएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex