कुलमानको समर्थनमा प्रदर्शन गर्दा बब्लुलाई यसरी कु’ट्’ने प्रहरी अधिकृतमाथि हुने भयो कारवाही (भिडियो हेर्नुस्)

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार १२:३१


काठमाडौं । काठमाडौको माइतीघर मण्डलामा विहिवार शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीवाट बब्लु कु’टि’एका छन् । बिजुलीबजारबाट माइतीघर मण्डलातर्फ जाँदै गरेका बब्लु गुप्तालाई प्रहरीले कु’टे’का हुन् । सो भिडियो विहिवार सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जला प्रयोगकर्ताले प्रहरीको आलोचना गरेका थिए । इन्सपेक्टर केशर न्यौपाने नेतृत्वको प्रहरी टोलीले उनलाई कु’टे’का हुन् ।

कुलमान घिसिङको पक्षमा शान्तिपूर्ण प्रदर्शन गर्न माइतीघर मण्डला जाँदै गरेको अवस्थामा बवरमहलमा प्रहरीले रोकेर हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरीले बब्बुलाई आमानवीय तरिकाले कु’टे’को भिडियो सार्वजनिक भएको थियो । बिहीबार बब्लुलाई कु’ट पि’ट गर्ने प्रहरी निरीक्षक न्यौपानेसहितको टोलीमाथि छानविन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आर्ट काउन्सिल अगाडी इन्स्पेक्टर नेतृत्वको टोलीले ‘माइतीघर जान मिल्दैन’ भन्दै रोकेर बब्लुलाई कु’टे’का थिए । ‘हामीले राष्ट्रिय झण्ड बोकेका थियौँ, प्रहरीले दोहोरो कुरा नै नगरी हामीलाई कु’टे’र भ्यानमा हाल्यो’ गुप्ताले भने–‘मलाई अनामनगरमा लगेर राख्यो, केही बेरमा छाडिदियो ।’

लकडाउन भए यता खान नपाएका विपन्नहरुलाई सहयोग गर्दै आएका बब्लु पनि सामाजिक सञ्जालमा परिचित छन् । उनले हन्ड्रेड्स (१००) ग्रुप मार्फत निःशुल्क कपडा र रत्नपार्कमा खाद्यान्न वितरण गर्दै आएका छन् । उनले ‘कपडा बैङ्क’ मार्फत पनि अभियान सुरु गरेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex